संघीयता विरोधी शक्‍ति अझै क्रियाशील छ : उपप्रधानमन्त्री यादव

  युद्धबहादुर बोहोरा
0 Shares

विराटनगर : उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले देश पुनःसंरचना पछि संघीयतामा गए तापनि लोकतन्त्र र गणतन्त्र नरुचाउने शक्तिहरु अझै जिवित भएको बताएका छन् ।

संघीय समाजवादी फोरम नेपालका केन्द्रिय अध्यक्ष समेत रहेका  याद्ले प्रदेश १ स्तरीय पार्टी भेलाको उद्घाटन कार्यक्रमलाई सम्बोधनमा उनले यस्तो कुरा बताएका हुन् ।

२००७ सालमा पाएको उपलब्धिलाई २०१७ सालमा समाप्त हुन पुग्यो फेरि २०४६ सालको बहुदलीय व्यवस्था पछि अहिले सम्म देश अस्थिर रूपमा चल्नुले अझै षड्यन्त्र रहेको उनको भनाइ छ। १० प्लस १ प्रदेश हुनुपर्ने पार्टीको मुद्दा अहिले नै गन्तव्यमा नपुगेकोले सात प्रदेशको ढाँचा शुरूवातको स्टेशन मात्रै भएको उनले बताए । जबसम्म जातीय विभेद,पहिचान,समान न्यायको पहुँच र असमानताको अन्त्य हुँदैन तबसम्म संविधान संसोधनको एजेन्डा पार्टीले नछाड्ने बताए ।

अहिले नेपालको स्वास्थ र शिक्षा जर्ज अवस्थामा रहेकोले जनताको आधारभूत आवश्यकता प्रति गम्भीर हुनु पर्नेमा जोड दिए। जनता गरिबी र बेरोजगारीबाट क्यान्सर भन्दा डर लाग्दो रोगले ग्रस्त भएको हुँदा यसको समाधानमा पार्टीले विशेष पहल गर्ने उनको भनाइ छ। संगठन विनाको परिवर्तन अस्थायी हुन्छ।राजनीतिक अधिकार प्राप्त गर्न संगठनको आवश्यक रहेकोले आपसी एकताका साथ पार्टी संगठित हुनुपर्छ भन्दै नयाँ बन्ने समितिलाई अग्रिम शुभकामना दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार