काठमाडौं : पत्रकार युवराज घिमिरेले आफूले पाएको गोपालदास पत्रकारिता पुरस्कारमा पचास प्रतिशत रकम थप गरी मानवसेवा आश्रमलाई प्रदान गरेको छन् ।
देशसञ्चार अनलाइनका सम्पादक युवराज घिमिरेले आफूले पाएको गोपालदास पत्रकारिता पुरस्कारको १ लाख ५ हजारमा देशसञ्चारका तर्फबाट ५२ हजार ५ सय रुपैयाँ थप गरी १ लाख ५७ हजार ५ सय रुपैयाँ मानवसेवा आश्रमलाई सोमबार प्रदान गरेका हुन् ।
घिमिरेले शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट गोपालदास पत्रकारिता पुरस्कार प्राप्त गरेका थिए ।