नमस्ते झरनामा आन्तरीक तथा बाह्य पर्यटकलाई क्यानोनिङ्ग खेल

धनकुटा : धनकुटाको सिम्सुवामा रहेको नमस्ते झरनामा आन्तरीक तथा बाह्य पर्यटकलाई लक्षित गरि पानीको साहसिक खेल क्यानोनिङ्ग गर्ने गरेको छ । जसले नमस्ते झरनामा थप आन्तरीक र बाह्य पर्यटक तान्ने विश्वास गरिएको छ ।

नेपाल घुम्न आएका जर्मन नागरिक थोमस धनकुटास्थित नमस्ते झरनामा क्यानोनिङ्ग गर्न पाउंदा निकै उत्साहित देखिन्थे । रक क्लाईमिङ्ग, ¥याफ्टीङ्ग लगायतका साहसीक खेल खेलिसकेका थोमसले जलको साहसिक खेलको रुपमा लिईने क्याननिङ्ग भने यो नै पहिलो थियो । त्यसैले पनि डोरीको सहायतामा झरनाको पानी संगै रमाउंदै झर्न पाउंदा उनि निक्कै नै खुसी थिए ।

थोमस मात्रै हैन यो साहसिक खेल देखेर झरना हेर्न आएका अन्य पर्यटक पनि निकै उत्साहित देखिन्थे । स्थानीयको पहलमा पर्यटन बिकास कार्यालय कांकडभिट्टाले क्याननिङ्गका लागि आबश्यक पुर्बाधार निर्माण गरि दिए पछि धरानस्थित तमोर एड्भेन्चर प्रालिले यो खेल सुरु गरेको हो । क्यानोनिङ्ग प्रति युवाहरुको निकै आकर्षण रहेकाले यो खेल सुरु गरिएको तमोर एड्भेन्चर प्रालिका क्यानोनिङ्ग गाईड सेतले बताए ।

कोशी राजमार्ग अन्तर्गतको सिम्सुवागोलाई बाट करिब एक किलो मिटरको दुरीमा रहेको सो झरना हेर्न नेपाल संग सिमा जोडिएको भारतिय शहर सहित तराईका झापा, मोरङ्ग, सुनसरी लगायतका जिल्लाबाट पर्यटक आउने गरेका छन् । पछिल्लो समय आन्तरिक पर्यटकको मुख्य आकर्षणको केन्द्र बन्दै गएको सो झरनामा क्याननिङ्गले थप आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने झरना ब्यबस्थापन समितिका अध्यक्ष दिलिप लिम्बुले वताए ।

६० मिटर अग्लो सो झरना क्याननिङ्ग गरिने पूर्वकै एक मात्र झरना हो । यहां क्याननिङ्ग खेलका लागि प्रति ब्यक्ति दुई हजार रुपैयां निर्धारण गरिएको छ । आन्तरिक पर्यटकको मात्रै आकर्षणको केन्द्र बन्दै गएको सो झरना यो खेलले बाह्य पर्यटक समेत तान्न मद्धत गर्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार