माङसेबुङ : इलामको माङ्सेबुङ गाउँपालिका वडा नम्बर १ स्थित गजुरमुखी धामको मन्दिरमा सोही वडाको लुहागुन परिवारद्वारा एक कार्यक्रमका बीच गणेश भगवानको मूर्ति हस्तान्तरण गरिएको छ ।
आइतबार स्थानीय जनप्रतिनिधिहरु समेतको उपस्थितिमा आयोजित कार्यक्रममा परिवारले मन्दिरका पुजारी शिवचन्द्र योङ्हाङ्लाई मुर्ति हस्तान्तरण गरिएको परिवारका सदस्य एवं पाँचथरस्थित मिक्लाचोङ्ग गाउँ कार्यपालिका सदस्य दुर्योधन लुहागुनले बताए । वि.सं. १९८३ सालमा जन्म भई वि.सं. २०४६ साल फाल्गुन २७ गते निधन भएका स्व. भगतबीर लुहागुन (कामी) को स्मृतिमा श्रीमती जसुमाया लुहागुन (कामी) र छोरा, बुहारीको तर्फबाट संयुक्त रुपमा मुर्ती चढाईएको कान्छो छोरा पदमबहादुर लुहागुनले जानकारी दिए ।
स्वर्गीय भगतबीरको स्मृतिमा श्रीमती एवं छोरा, बुहारीहरु दलबहादुर र तिलमाया, स्व. पुर्णबहादुर र पविमाया, कुलबहादुर र कृष्णमाया, स्व. देविमाया, रामबहादुर र स्व. मनमाया, दुर्योधन र तारा तथा पदमबहादुर र राधिकाको तर्फबार हस्तान्तरण गरिएको मुर्ती ग्रहण गर्दै पुजारी योङ्हाङले यसप्रकारको कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह हुने बताए ।