जितपुरको नवमीमा भव्य रोपाईं जात्रा

जीतपुर : इलामको देउमाई नगरपालिका ९ जितपुर नवमी बजारमा गाइजात्राको अवसरमा रोपाइ जात्रा भव्यताका साथ सम्पन्न भएको छ ।

विगत ११ वर्षदेखि मनाइदै आएको रोपाइ जात्राले यो वर्ष पनि निरन्तरता पाएको हो । जितपुर माद्यामिक विद्यालयले आयोजना गरेको रोपाइ जात्रामा आकर्षणको रुप मा मुङ्रे, बाउसे, जोगी, ज्योतिस र महिलाको पहिरन ललाएर पुरुषहरुले रोपाईको अभिनय गरेका थिए ।

साथै नेपाली पन्छे बाजा जातिय साँस्कृतिक झाँकी हुर्‍रा, च्याब्रुङ नाच प्रस्तुत गरिएको थियो । उक्त जात्रामा हजारौंको उपस्थितिले उल्लासमय वातावरणको सिर्जना गरेको थियो ।

विद्यालयले आयोजना गर्ने जात्रा स्थानीय रुपमा पहिचानको रूपमा निरन्तरत दिइएको र जातीय साँस्कृतिक पहिचानलाई जोगाइ राख्नका निम्ति जात्रा आयोजना गरिएको प्रधानाध्यापक तोयानाथ बरालले बताए ।

कृषि कर्मबाट फर्केका स्थानीयलाई एकछिन भएपनी भरपुर मनोरन्जन प्रदान गर्न र एतिहासिक साँस्कृतिक पहिचानलाई संरक्षण गर्न रोपाई जात्रा सम्पन्न गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेम परियारले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार