माइजोगमाईमा सामुदायिक भवन शिलान्यास

नरेन इलामेली
माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिकामा सामुदायिक भवन शिलान्यास गरिएको छ। माइजोगमाई गाउँपालिका १ लप्सीबोटे स्थित शान्तिदीप महिला कृषक समुहको आयोजनामा आयोजित एक कार्यक्रमका बीच एक कोठे सामुदायिक भवन शिलान्यास गरिएको हो। भवन निर्माणका लागि ६ महिना अघि नै स्थानीय स्व. खड्ग बहादुर निरौलाले जग्गा उपलब्ध गराएका थिए।
समुहहकी अध्यक्ष टीका निरौलाको अध्यक्षता, माइजोगमाई गाउँपालिकाका अध्यक्ष जीत बहादुर राइको प्रमुख आतिथ्यता तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रप्रकाश बस्नेत, वडा न १ का वडा अध्यक्ष रामकुमार कार्की, सुनगाभा विकास संस्थाका सचिव कृष्ण प्रसाद श्रेष्ठको विशेष आथित्यतामा समपन्न कार्यक्रममा स्थानीय संघ संस्थाका प्रतिनिधी, बुद्धीजिवी , सञ्चारकर्मी लगायत स्थानियको उल्लेखनिय उपस्थिति रहेको थियो।
उक्त भवन निर्माणका लागि वि. सं २०७२ मा स्थापना भएको शान्तिदीप महिला कृषक समुहको पहलमा सुनगाभा विकास संस्थाको सहयोगमा पि.एस.डी नेपाल काठमाडौँ अन्तर्गत हाइड्रनवर्ग युनिभर्सिटी जर्मनीका विद्यार्थीद्वारा ४ लाख र स्थानीय श्रमदान मार्फत २ लाख ५० हजार गरी गरी कूल ६ लाख ५० हजारको लागतमा भवन निर्माण हुन लागेको समुहकी अध्यक्ष टीका निरौलाले बताइन। आफू  जिवित रहँदै जग्गा दान गरी सामुदायिक भवन निर्माण गर्ने सपना देखेका जग्गादाता स्व. खड्ग बहादुर निरौलाको सपना पुरा गर्ने समय आएको बताउँदै यस कार्यमा सम्पुर्ण स्थानियहरु लाग्नुपर्ने बताइन। साथै निर्माण हुने भवन महिला समुहको‌ मात्र नभएर समुदायकै  भएको निरौलाले बताइन।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै वडा नं १ का अध्यक्ष याम कुमार कार्कीले महिला समुह अन्तर्गत महिलाको नेतृत्वमा सामुदायिक भवन निर्माण हुनु गर्वको कुरा रहेको बताए। उनले यस क्षेत्रका सम्पुर्ण महिलाहरुलाई सहभागी गराएर नेतृत्व विकासमा जोड दिनुपर्ने उल्लेख गर्दै वडा कार्यलयले आवश्यक सहयोग गर्ने बताए। भने गाउँपालिका  अध्यक्ष जीत बहादुर राइले उक्त भवन निर्माणका लागि गाउँपालिकाको तर्फबाट १ लाख ५० हजार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
उता  हाइड्रनवर्ग युनिभर्सिटी  जर्मनीकका बिद्यार्थीहरुले आफुहरुले स्वदेशमा रहभदस दुःख गरेर जम्मा गरेको रकमले नेपालमा आएर ग्रामीण क्षेत्रमा आएर महिला दिदीबहिनीहरु मार्फत लगानी गर्न पाउँदा आफुहरुलाई खुसी लागेको बताएका  छन्।भवन ४० दिन भित्रमा बनाइसक्ने र भवन निर्माण अवधि भर जर्मनीका विद्यार्थीहरु पनि निर्माण कार्यमा सहभागी हुने समुहकी सचिव निर्मला भण्डारीले बताइन।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार