इलाममा अन्तराष्ट्रिय युवा दिवश मनार्इयाे

अतित याेङहाङ

इलाम : अन्तराष्ट्रिय युवा दिवश-२०१८ काे अवसरमा (युवाहरुकाे लागि सुरक्षित स्थान) “Safe Space For Youth”भन्ने मुल नाराकासाथ ‘इलाम जिल्लामा अपाङ्गता भएका युवाहरुकाे अवस्था र सराेकारवालाहरुकाे भूमिका विषयक’ अन्तरर्किया कार्यक्रम सम्पन्न भएकाे छ ।

जिल्ला युवा समिति इलामका अध्यक्ष नवराज शंकरकाे अध्यक्षता र जिल्ला समन्वय समितिका इलामका प्रमुख गणेश बरालज्यूकाे प्रमुख अातिथ्यतामा भएकाे कार्यक्रममा इलाम नगरपालिकाका उपप्रमुख शुसिला नेम्बाङ, सुरक्षा निकायका प्रतिनिधि, इलाम नगरपालिकाका वडाध्यक्षहरु, जनप्रतिनिधिहरु, उद्याेग वाणिज्य संघ इलामका अध्यक्ष, अपाङ्ग एकता समाजका प्रतिनिधी, बाैद्धिक अपाङ्ग समाजका अध्यक्ष, जिल्ला स्ठित सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधिहरु, विभिन्न युवाहरुकाे संघ, संस्थाका प्रतिनिधिहरु तथा सञ्चारकर्मीहरुकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रममा अपाङ्गता भएका युवाहरुकाे अवस्था विषयम अपाङ्ग एकता समाजका प्रकाश चापागाँर्इले प्राेजेक्टर मार्फत कार्यपत्र प्रस्तुत गर्नुभएकाे थियाे । कार्यक्रममा सहभागीहरुले सल्लाह सुझाव सहितकाे धारणा राखेका थिए । विशेषत अपाङ्गता भएकाहरुका लागि स्थानीय तहका जनप्रतिनिधिहरुले ध्यान दिनु पर्ने युवाहरुकाे सुझावमा कार्यक्रमका अतिथि शुसिला नेम्बाङ तथा प्रमुख अतिथि गणेश बरालले प्रतिवद्धता राखेका थिए ।
कार्यक्रममा नगर युवा परिषद् इलाम नगरपालिकाका अध्यक्ष सचिनजंग रायामाझीकाे स्वागत मन्तव्य तथा सदस्य सचिव रञ्जिता याक्खाकाे सञ्चालन रहेकाे थियाे ।

जिल्ला युवा समितिकाे कार्यालय इलामकाे अायाेजना, नगर युवा परिषद इलाम नगरपालिकाकाे सह-अायाेजनामा तथा करुणा फाउण्डेसन इलाम, मानव अधिकार मंच (HURF) नेपाल इलाम, भराेषा नेपाल र क्वीन इलामकाे सहयाेगमा कार्यक्रम सम्पन्न भएकाे हाे । यसका साथै अाज विश्व भर अन्तराष्ट्रिय युवा दिवश मनार्इन्दै छ । नेपालमा विशेष गरेर ७७ वटै जिल्ला युवा समितिकाे कार्यालयले विभिन्न कार्यक्रम गरी मनार्इदै छ । त्यस्तै केन्द्रमा राष्ट्रिय युवा परिषद्ले राष्ट्रिय युवा प्रतिभा सम्मान समाराेह कार्यक्रम तथा अन्य विविध कार्यक्रम गरी मनाइदै छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार