सुर्योदय नगरपालिका वडा नम्बर ८ मा चियाको अनुगमन

नयाँ बुलन्द

सुर्योदय : सुर्योदय नगरपालिका वडा नम्बर ८ मा चियाको गुणस्तर तथा न्युनतम मुल्य कार्यान्वयन सम्बन्धी गठित अनुगमन समितिद्वारा चियाको अनुगमनलाई तीब्रता दिइएको छ ।

वडा अध्यक्ष शुभासकुमार राइको संयोजकत्वमा गठित समितिले शुक्रबार र आइतबार वडा नम्बर ८ भित्र रहेका १८ वटा चिया प्रसोधन तथा उत्पादक संस्थको अनुगमन गरेको छ ।

शुक्रबार ६ वटा चिया उत्पादक संस्थाको र आइतबार १२ वटा चिया उत्पादक संस्थामा अनुगमन समिति सदस्य रमेश प्रधानको नेतृत्वमा अनुगमन गरि प्रतिबेदन समेत तयार पारिएको छ ।

उक्त अनुगमन्को क्रममा एरोमा चिया उत्पादक संस्थाले ३०, ४० र ६० रुपैयाँसम्म बिलिङ गरेको पाइएको छ । त्यस्तै हिमालयन टि उद्योगले सबै ग्रेडका चियालाई ४० रुपैयाँ मात्र दिएको पाइएको छ । उक्त संस्थाले कृषकलाई भन्दा ब्यापारीलाइ प्रतिकेजि ३ रुपैयाँ बढी दिइएको पाइएको छ ।

विगतमा नगरपालिकाद्वारा निर्धारण गरिएको हरियो चिया पत्तिको मुल्य समायोजन कार्यबिधिलाई लत्याउँदै सुर्योदय टि प्रोडुसर्स एसोसिएसनले फ्याक्ट्रीलाइ  ३० र  ४० रुपैयाँ भन्दा बढी मुल्यमा चिया पत्ति नकिन्न र किनेको पाइएमा एसोसिएसनले कारवाही गर्ने भनी परिपत्र गरेको हिमालयन टि उद्योगका व्यवस्थापकले पत्र देखाउँदै सो कुराको जानकारी गराए ।

चिया प्रसोधन संस्थाले कृसकलाइ उचित मुल्य दिएनदिएको र निगमले गुणस्तरीय चिया उत्पादन गर्न ग्रेडिङ प्रणाली लागू गरेनगरेको तथा नगरबाट निर्धारित न्युनतम मुल्यको रेटलिस्ट सूचना पाटिमा टाँस गरे नगरेको अनुगमनका क्रममा हेरिएको थियो ।

सो क्रममा शुक्रबा मंगोल ज्योती चिया उत्पादक, सिद्धकाली चिया उत्पादक र सुर्योदय चिया उत्पादक संस्थाले चियाको रेटलिस्ट नराखेको पाइएको थियो भने सुनमाइ चिया प्रसोधन तथा उत्पादक संस्थाले न्युनतम मुल्य  ४० रुपैयाँ भन्दा कम मुल्य बिलिङ गरेको पाइएको थियो ।

यस्तैगरी उक्त सुनमाइ चिया प्रसोधन तथा उत्पादक संस्थाले कृषकहरुलाई ४० प्रतिसत भन्दा माथि ग्रेडिङ गर्ने क्रममा जति प्रतिशत आएपनि ४० रुपैयाँ मात्र दिइएको पाइएको छ । अन्य कन्याम चिया उत्पादक सहकारी संस्थाले कृषकहरुलाई चियाको मुल्य वितरण गर्दा निर्धारण गरिएको मुल्य भन्दा राम्रो पाइएको थियो ।

चियाको केन्द्र वडा नम्बर ८ मा जम्मा १८ चिया उत्पादक तथा प्रसोधन संस्था रहेको र संस्थाले नगरपालिकाले निर्धारण गरेको न्युनतम प्रतिशत मुल्यको गलत परिभाषा गरि सबै प्रकारको चियालाइ एकै ४० रुपैयाँ गर्ने गरेकाले र उक्त अनुगमन गरिएको बताउँछन् समितिका सदस्य रमेश प्रधान ।

आगामी दिनमा चिया उत्पादक संस्थाले कृषकलाई मारमा पार्ने र गुणस्तर बिहिन चिया उत्पादन गर्ने संस्थालाई कारवाही समेत हुन सक्ने भएकाले सबै कृषक उद्योगी व्यापारीहरुलाई चियाको गुणस्तर सुधार्न सहयोग पुर्याउनु पर्ने कुरा वडा अध्यक्ष शुभासकुमार राइले बताए ।

अनुगमनका क्रममा धेरै जसो उद्योग नगर, नगर माताहतमा दर्ता साथै नवीकरण नगरेको पाइएको वडाका कर्मचारी अशोक लिम्बुले बताए । चियाको गुणस्तर सुधार्न आगमी दिनहरुमा कडा अनुगमन गरिने अनुगमन समिती सदस्य हेम सुबेदीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार