रौतहटमा थपियो दुई ईलाका प्रहरी कार्यालय

अखिलेशकुमार यादव

रौतहट : रौतहट जिल्लामा प्रहरी कार्यालयको अभावलाई मध्यनजर गर्दै सोमबार पुर्वमन्त्री प्रभु साहले दुईवटा ईलाका प्रहरी कार्यालयको उद्घाटन गरेका छन् । रौतहटको देवाही गोनाही नगरपालिका र मौलापुर नगरपालिका अन्तर्गत छुटाछुटै कार्यक्रमका बिच सांसद प्रभु साहले ईलाका प्रहरी कार्यालयको उदघाटन गरेका हुन् ।

देवाही गोनाही नगरपालिकाको गोनाही बजारस्थित खाली रहेको गाविसको भवनमा ‘क’ श्रेणीको ईलाका प्रहरी कार्यालयको उद्घाटन भएको हो । त्यसैगरी मौलापुर बजारमा रही स्तर उन्नती भई अस्थाई प्रहरी चौकी ‘क’ श्रेणीको ईलाका प्रहरी कार्यालय हुँदा सोमवार सांसद प्रभु साहले छुटाछुटै कार्यक्रम बिच उदघाटन गरेका हुन् ।

प्रहरी निरीक्षकको कमाण्डमा दुवै प्रहरी कार्यालयमा ४५/४५ जनाको दरबन्दी रहेको भएपनि तत्काल प्रहरी सहायक निरीक्षकको कमाण्डमा सेवा सुचारु भएको हो । देवाही गोनाही नगरपालिका र मौलापुर नगरपालिकामा प्रहरी कार्यालयको निकै अभाव र  सुरक्षा व्यवस्था मजबुत बनाउने उदेश्यले आजै रौतहटको बेग्लाबेग्लै दुई नगरपालिकामा ईलाका प्रहरी कार्यालयको स्थापना गरिएको छ ।

उद्घाटन समारोहमा प्रदेश सांसद कुन्दन कुश्वाहा, देवाही गोनाही नपाका मेयर धर्मेन्द पटेल, मौलापुर नपाकी मेयर रिना कुमारी साह, सिडिओ गोविन्द रिजाल, एसपी केदार ढकाल, उपमेयरद्धय परनिया देवी गौरीशंकर जयसवाल लगायतको सहभागिता रहेको थियो ।

सांसद प्रभु साहले बाँकी रहेको नगरपालिकामा पनि छिटोभन्दा छिटो हामी ईलाका प्रहरी कार्यालय स्थापनाको लागि पहल गर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार