पशुपतिनगरबाट २५ चौपाय नियन्त्रणमा

नयाँ बुलन्द

इलाम : भारततर्फ लैजाँदै गरेको २५ वटा चौपाय (गोरु) इलामको पशुपतिनगरबाट शुक्रबार विहान प्रहरीले नियन्त्रणमा लिएको छ ।

साढे ५ बजे सुर्योदय नगरपालिका २ पशुपतिनगर-मानेभञ्जयाङ जाने भित्रि सडक खण्डको नेपाल भारत सिमा नजिकबाट ना ६ ख ५६२ नम्बरको ट्रक सहित गोरु नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । साथै ट्रक चालक मकवानपुर हेटौडा १५ का ३५ वर्षीय संजिवकुमार लामा समेत पक्राउ परेका छन् ।

नियन्त्रणमा लिइएको ट्रक, ट्रक चालक र २५ वटा गोरु आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय पशुपतिनगर बुझाइएको जिल्ला प्रहरी कार्यालयका हवल्दार विजय राईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार