इलाम : आर्थिक वर्ष २०७४र०७५ मा इलाममा राहदानी बनाउने कुल संख्या चार हजार नौ सय ९५ रहेको छ भने सिफारिस भएर काठमाडौँ जानेको संख्या १५ सय चार रहेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार यस वर्ष जेठ मसान्त सम्मको तथ्यांक अनुसार राहदानीबाट कुल दुइ करोड ४२ लाख ५२ हजार पाँच सय रुपैँया राजस्व संकलन भएको छ ।
गत आर्थिक वर्षमा जिल्लाबाट राहधानी बनाउनेको संख्या चार हजार नौ सय ५८ रहेको थियो । जसमा सिफारिस लिई काठमाडौँ जाने संख्या १२ सय ८८ रहेको थियो ।
यसवर्ष जिल्ला मार्फत राहदानी बनाउनेको ३७ संख्या वृद्धि भएको भने सिफारिस लिई काठमाडौँ जानेको संख्यामा पनि दुृई सय १६ ले वृद्धि भएको तथ्यांकमा छ । आर्थिक वर्ष २०७३ र ०७४ मा राहदानी बनाउने संख्या पुरुष ७८.०६ प्रतिशत रहेको थियो भने महिला २१.९४ प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०७४ र ०७५ मा भने महिलाको संख्या वृद्धि भएको तथ्यांकमा उल्लेख छ । कुलमध्ये पुरुष ७० र महिला ३० प्रतिशत रहेकाले तथ्यांकका अनुसार वर्षेनी राहदानी बनाउने महिलाहरुको संख्या वृद्धि भइरहेको जिल्ला प्रशासन कार्यालय इलामका राहदानी शाखाका बिनोद बाबुले बताउनुभयो ।
राहदानी बनाउनेमध्ये अधिकाशं युवाहरु वैदेशिक रोजगारीका निमित्त मलेसिया, कतार ,दुबही ,साउदीअरब लगायतका मुलुक जाने गरेका छन् भने केही मात्रामा अमेरिका,अस्ट्रेलिया,जापान जाने गरेका पाइएको छ ।






















































