अन्तुमा पर्यटकको घुइचो, पार्किङ अभाव

गोबिन्द पौडेल

रोङ : पहिला सुयोदयको दृश्याबलोकनको लागि मात्रै पर्यटकहरुको चाप रहने अन्तुको पुर्वाधार बिकास र आकर्षण थपिएपछि सदावहार रुपमा पर्यटक गन्तब्य बनेको अन्तुमा पार्किङ अभाव भएको छ ।

पर्यटकहरुले आफुअनुकुल गाडी लिएर आउने गरेका र मौसमले खुल्ने जुनकुनै दिन पनि पर्यटकहरु अन्तु आउन रुचाउदा भाडाका गाडीहरुको संख्यामा बृद्धि हुने र हालसम्म ब्यवस्थित पार्किङ स्थलको नरहेको कारण अन्तु अस्तब्यस्त हुने गरेको छ । खास गरि अन्तु पोखरीमा रमाउन चाहने पर्यटकहरुले पनि पोखरी आसपासमा गाडी लैजान नसकेका कारण भञ्याÄ र अन्य स्थानहरुमा नै गाडी राख्नु पर्ने भएकोले आगन्तुकहरुले असहजता महसुस गर्ने गरेको स्थानिय पर्यटन ब्यवसायि धरणी घिमिरेले बताए ।

अन्तु पर्यटन समिति सुस्ताएको यो बेलामा पोखरी र आसपासको सरसफाइको लागि अन्तु पोखरी तथा संरक्षण समिति सकिmय रहेको छ । बिभिन्न टोल सुधार समितिहरुले पर्यटकिय स्थल अन्तुको संरक्षणमा चासो बढाएर काम गरि रहेको तथापी जिम्बेवार निकाय सुयोदय नगरपालिकाले जे गर्नुपथ्यो त्यति नगरेको स्थानिय बासीहरुको गुनासो रहेको छ । गत बर्षनै सडक डिभिजन कार्यलयले पोखरी र आसपासमा गर्ने भनिेर बिनियोजीत रकमबाट काम हुन नसकेको , अन्तु पोखरीको गुरुयोजना नै नबनेको कारण पनि हाल पार्किङ लगायतको ब्यवस्था नभएको स्थानिय रुद्र घिमिरेले बताए ।

अन्तुमा क्रियाशिल एकता युवा समाज ,अन्तु पोखरी संरक्षण समितिको सक्रियतामा पार्किङ निमार्ण र सामुदायिक भवनको लागि जग्गा समेत कुरागरेर कार्ययोजना भएपनि आफूहरुसग बजेट नहुदा निमार्ण गर्न नसकिने अवस्था रहेको र नगरपालिकाले यस बारेमा चासो दिएर सक्रियता बढाएका सहज ब्यवस्थापन गर्न सकिने स्थानिय बासीहरुको भनाइ रहेको छ ।

यस बारेमा सुयोदय नगरपालिका वडा नं ४ का वडाध्यक्ष मधुसुधन लामिछानेसग कुरागर्दा अन्तुको बिकासको लागि सुर्योदय नगरपालिका सपिक्रय रुपमा लागि रहेको र स्थानिय बासीहरु र सरोकारबलाहरुसग सहकार्य गरेर आवश्यकिय सबै काम गर्ने तैयारी गरिरहेको बताए ।

नेपालकै एक उतकृष्ट पर्यटकिय गन्तब्य बन्दै गएको अन्तुमा कुनै प्रकारको अभाव र असहजता देखिनु अगाबै सरोकारवला र जनप्रतिनिधिकरुको सक्रियतामा गुरुयोजना सहित आवश्यकिय अल्पकालिन र दिर्घकालिन काम गर्न सके अन्तुको बिकास मात्र हैन मुलुक समृद्धिको पथमा उक्लन सक्ने निश्चित रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार