चुलाचुली गाउँपालिकाको बजेट २४ करोड

चेतन आङथुपो

चुलाचुली : इलामको चुलाचुली गाउँपालिकाको १ करोड बढि बजेट फ्रिज भएको छ । निर्धारित समयमा योजना सञ्चालन हुन नसकेपछि सो परिणामको बजेट खर्च नभएको प्रमुख प्रशासकीय अधिकृत छविलाल खतिवडाले बताए ।

`व्यवस्थापन पक्षमा गाउँपालिका र वडापालिकाहरूमा कर्मचारीका अभावले सहज र समयमै सेवाग्राहीलाई सेवाप्रवाहमा कठिनाइ भएको हो’ उनले भने ।

चुलाचुली गाउँपालिकाको सभाले चालू आर्थिक वर्ष २०७५/०७६ का लागि २४ करोड ३७ लाख ९६ हजारको अनुमानित बजेट पारित गरेको छ । गाउँसभाले मुख्य प्राथमिकतामा कृषि, पर्यटन र पुर्वाधारलाई जोड दिएको छ ।

चुलाचुली गाउँपालिकाले आगामी ११ साउनमा सार्वजनिक सुनाई गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार