झोलुङ्गे पुल निर्माणले आवतजावतमा सहज

युद्धबहादुर बोहोरा

पाँचथर : फाल्गुनन्द गाउँपालिका वडा नम्बर- ५ फाक्तेप र वडा नम्बर-७ आङ्साराङ्ग सीमाना जोड्ने जिङ्जुवा खोलास्थित श्रीपन्चमी झोलुङ्गे पुल संचालनमा आएको छ।

पुलको उद्घाटन वडा नम्बर- ५ का अध्यक्ष अविन्द्रप्रसाद चेम्जोङले गरेका छन्।८० मिटर लम्वाई रहेको झोलुङ्गे पुल निर्माण भएपछि कुम्वायक र फाल्गुनन्द गाउँपालिका करिब १५ हजार सर्वसाधारण प्रत्यक्ष लाभान्वित हुने पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष भिम प्रसाद चेम्जोङले बताए। चेम्जोङका अनुसार,गत आर्थिक वर्ष २०७४ भाद्र देखि थालनी भइ ०७५ असार अन्तिममा निमार्ण सम्पन्न भएको हो।

योजनाका लागि श्रीजङ्घा ग्रामीण विकासबाट २७ लाख २६ हजार चार सय चार रुपैयाँ र गाउँपालिकाबाट दुई लाख ४५ हजार नौं सय ५० रुपैयाँ गरि जम्मा २९ लाख ७२ हजार तीन सय ५४ रुपैयाँ को लागतमा निर्माण सम्पन्न भएको समिति अध्यक्ष चेम्जोङले जानकारी दिए। बर्षा याममा पुल नहुँदा कष्ट खेप्दै आएका स्थानीयवासीलाई पुल बने पछि हरेक पन्द्र दिनमा लाग्ने हिटया घुर्बिसे पन्चमी बजारमा गाउँको उत्पादन फलफूल र विभिन्न सामाग्री बिक्रीको लागि ल्याउन सहज बनेको छ।विद्यालय,अस्पताल, रोजगारी तथा पैदल यात्रीलाई आवतजावतमा सुविधा भएको स्थानीय बासिन्दा बताउँछन्। पुल नहुँदा केहि वर्ष अघि एक स्थानीयको खोलाले बगाएर ज्यान गएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार