चुलाचुलीमा राष्ट्रिय युवा परिषद्को वडा स्तरीय युवा क्लव गठन

इलामको चुलाचुली गाँउपालीकामा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय मातहतको राष्ट्रिय युवा परिषद्को आयोजनमा वडा स्तरीय युवा क्लव गठन गरिएको छ ।

उक्त नवगठित क्लवमा १६ देखि २४ बर्षका युवाहरुको सहभागीता रहेको छ । यस बर्ष १ नम्बर प्रदेशको दुई जिल्ला तेह्रथुम र इलामको एक÷एक स्थानियतह क्लव गठनका लागी छनोटमा परेको थियो । जसमा तेह्रथुुमको म्याङ्लुङ नगरपालीका र ईलामको चुलाचुली गाँउपालीका छनोटमा परेको हो ।

तेह्रथुुमको म्याङ्लुङ नगरपालीकामा भने केहि दिन अगाडी नै वडास्तरीय क्लव गठन गरिसकिएको छ भने ईलामको चुलाचुलीमा हिजो बाट वडा स्तरीय क्लव गठन सुरु भएको र आज सम्पन्न भएको राष्ट्रिय युवापरिषद् इलामबाट चुलाचुली सहजिकरण गर्न आउनु भएका सहजकर्ता अतित योङ्हाङले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार