मोबाइल मर्मत तालिम सम्पन्न

 नरेन इलामेली

माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारमा३ महिने मोवाइल मर्मत तालिम सम्पन्न भएको छ।

” औद्योगिक क्षेत्रमा लगानी समृद्धिको सुनौलो बिहानी” भन्ने मूल नाराका साथ घरेलु उद्योग विकास समितिको आयोजना तथा माइजोगमाई गाउँपालिकाको सहयोगमा संचालित तालिम शुक्रबार सम्पन्न भएको हो। कार्यक्रम घरेलु उद्योग विकास समितिका कूल बहादुर आलेको अध्यक्षता, माइजोगमाई गाउँपालिकाका अध्यक्ष जीत बहादुर राईको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष सावित्रा भट्टराई, प्रमुख प्रशासकीय अधिकृत चन्द्रप्रकाश बस्नेत, सञ्चारकर्मी लगायतको उपस्थितिमा समपन्न भएको हो।

सो तालिममा माइजोगमाई गाउँपालिका भरीका १२ जनाको सहभागीता रहेको‌ थियो। तालिम समापनको अवसरमा सहभागीहरुलाई प्रमाण पत्र समेत वितरण गरिएको छ। युवाहरुलाई प्राविधिक सीप प्रदान गरी आय आर्जनमा सहयोग गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको आयोजकले जनाएको छ।

त्यस्तै घरेलुको यो तालिम एकदमै प्रभावकारी रहेको र यसले युवाहरुलाई स्वरोजगार बन्ने अवसर प्रदान गरेको सहभागीहरुले बताए। तालिमको सहजीकरण तारा दंगाल र अमित घिमिरेले गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार