पाँच पटकको विश्व विजेता ब्राजिलको जारी विश्वकपमा पहिलो जित, जितसँगै ब्राजिल अन्तिम १६ को नजिक

कोस्टारिकाविरुद्ध इञ्जुरी समयमा गोल गर्दै ब्राजिलले आफ्नो शाख जोगाएको छ । ब्राजिलको जारी विश्वकपमा यो पहिलो जित हो । यसअघि स्वीट्जरल्याण्डसँग एक एक गोलको बराबरी खेलेको ब्राजिलले आज कोस्टारिकालाई पराजित गर्दै पहिलो जित हात पारेको हो ।

निर्धा्रित समयमा कोस्टारिकाले ब्राजिललाई गोररहित बराबरीमा रोकेपछि थपिएको खेलको पहिलो मिनेटमा कौटिन्हो र थपिएको ८ औं मिनेटमा नेमारले गोल गरेका हुन् । जितसँगै ब्राजिल अन्तिम १६ मा पुग्ने सम्भावना बढ्दै गएको छ ।

विश्वकपमा यी दुई राष्ट्रबीच यो सहति चौथो भेट हो । यसअघिका दुबै खेलमा जित हात पारेको ब्राजिलले आज पनि जित हात पारेको छ । सन् १९९० को विश्वकपमा ब्राजिल १–० गोलअन्तरले विजयी भएको थियो भने २००२ मा ब्राजिलले कोस्टारिकालाई ५–२ गोलअन्तरले पराजित गरेको थियो ।

ब्राजिल र कोस्टारिकाबीच ११ वटा अन्तर्राष्ट्रिय खेल भएका छन् । जसमा १० खेल ब्राजिलले जितेको छ भने १ खेल मात्रै कोस्टारिकाले जित्न सकेको छ । कोस्टारिकाले १९६० मार्चमा ब्राजिललाई पराजित गरेयता कहिलैपनि पराजित गर्न सकेको छैन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार