सोयाङमा प्रस्तावना लेखन तालिम सुरु

नयाँ बुलन्द

सोयाङ : इलामको माईजोगमाई गाउँपालिका वडा नम्बर ५ सोयाङमा प्रस्तावना लेखन सम्बन्धी दुई दिने तालिम सुरु भएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ वडा समन्वय परिषद माइजोगमाई ५ को आयोजनामा तालिम सुरु भएको हो ।

समुदायमा आधारित प्रस्तावना लेखन सम्बन्धमा स्पष्टता ल्याई प्रस्तावना लेखन सीपको विकास गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको नेपाल आदिवासी जनजाति महासंघ वडा समन्वय परिषद माइजोगमाई ५ का अध्यक्ष गोविन्दबहादुर राईले बताए ।

तालिमममा ३० बढि आदिवासी जनजातिहरुको सहभागिता रहेको छ । तालिमका सहभागीहरुलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामका अध्यक्ष तथा नयाँ बुलन्द डटकमका सम्पादक राम योङहाङले सहजीकरण गरिरहेका छन् ।

समन्वय परिषद माइजोगमाई ५ का अध्यक्ष गोविन्दबहादुर राईको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथी माइजोगमाई ५ का अध्यक्ष दाताराम सञ्जेलले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथी सञ्जेल र अतिथी वडा सदस्य मानबहादुर वेघाले शुभकामना मन्तव्य राखेका थिए ।

सदस्य दिलिप येक्तेनले स्वागत मन्तव्य गरेको कार्यक्रमको सञ्चालन सचिव केदार श्रेष्ठले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार