धार्मिक आस्था बोकेको धारा संरक्षणमा जुटे स्थानिय युवा

नयाँ बुलन्द

गोलाखर्क इलाम :  इलाम पर्यटकीय तथा धार्मिक स्थलका रुपमा प्रख्यात मानिएको जिल्ला त्यसमा पनि पर्यटकिय धार्मिक क्षेत्रले भएको नगर इलाम नगरपालिका यस नगर भित्र थुप्रै धार्मिक स्थलहरु रहे पनि प्रचारप्रसार अभावमा ओझेलमा परिरहेका छन् ।

यस्तै उदाहरण हो गोलाखर्कको पिपल धारा । तर,” अहिले भने गरे असम्भव छैन भन्ने उदाहरण बनेको छ इलाम नगरपालिका ९ स्थित पिपल धारा को संरक्ष्णको काम ” बिगत केही बर्ष अधिबाट ओझेलमा परिरहेको धारा अहिले आएर संरक्ष्ण पाएपछि झोडिमा परिणत रहेको धाराको मुहार फेरिएको छ ।

इलाम सदरमुकाम नजिकै रहेको भएपनि संरक्षणका लागि कसैको नजर नपुग्दा त्यस क्षेत्रको नाम समेत मेटिने अबस्थामा पुगेको थियो । इलाम नगरपालिका ९ गोलाखर्क मा रहेको पिपल धारा संरक्षणका लागि अहिले भने स्थानिय कम्मर कसेर लागि परिरहेका छन् ।

धार्मिक आस्था बोकेको त्यस धारको क्षेत्रमा मा भौतिक संरचना निमार्णका लागि स्थानिय दिल ब अधिकारीले जग्गा उपलब्ध गराएपछि देश बिदेश मा रहेका गोलाखर्के युबा साथै स्थानिय समाजसेबिहस्को सहयोगमा अहिले धारा सहित टहरा र धारा सम्म पुग्ने बाटोको निर्माणको काम सुरु भएको स्थानिय बेद प्रकाश अधिकारीले जानकारी दिए ।

उत क्षेत्र एक रोपनिमा फैलिएको छ । त्यस क्षेत्रमा धार्मिक बिश्वास रहेकाले स्थानियहरुले पुजाआजा समेत गर्न गरेका छन् । तर प्रचारप्रसरको कमिहुदा त्यस क्षेत्रमा स्थानिय बाहेक अरुकोही पुग्ने गरेका छैनन् । इलाम सदरमुकाम बाट ५ कि मि को दुरीमा रहेको क्षेत्र पर्यटकिय हिसाबमा पनि उतिक्के मानिएको छ त्यहाबाट सलल बगेको माइखोला अवलोकन गर्न पाउनुका साथै तराईका समतल फाट देखि लिएर हरियाली बनजङगलमा पाइनेको बिभिन्न प्रजातिका चराचुरुङ्गको सुभधुर आबाजको मज्जा समेत लिन सकिने भएकाले यसलाई भबिश्यमा एक पर्यटकिय क्षेत्रको रुपमा चिनिन सक्नेमा कुनै दई मत नगरहेको स्थानिय पुजन थापाको भनाई रहेको छ ।

तर  यो त एक मात्र हो यि र यस्ता थुप्रै धामिक तथा पर्यटकिय महत्ब बोकेका क्षेत्रहरु इलाम न पा ९ मा रहेको भएपनि तिनिहरुको संरक्षण नभइरहेको पाइएको छ  त्यस्ता धार्मिक महत्व बोकेको संरक्षणमा ध्यान जान जरुरी देखिन्छ ।यिनिहरुको संरक्षण भएको खण्डमा  इलाम गोलाखर्कलाई पर्यटकिय एबम् धार्मिक क्षेत्रको रुपमा चिनिने निस्चित छ ।

                                    

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार