इलाममा बेपत्ता सताइस मध्ये बिस जनाको बारेमा छानबिन

गोबिन्द पौडेल

इलाम : बेपत्ता छानबिन आयोगले २०५२ साल  फागुन १ देखी २०६३ मंसिर ५ सम्म चलेको ससस्त्र द्धन्दमा बेपत्ता भएका सत्ताइस मध्ये बिस जनाको बारेमा छानबिन प्रकृया शुरु गरेको  छ ।

बिस्त्रित शान्ति संझौताका मर्म अनुसार शान्ति मन्त्रालयबाट ससस्त्र जनयुद्धको अबधिमा बेपत्ता भएका नागरिकहरुको बारेमा उजुरी गर्न पटक पटक गरि २०७३ बैशाख २ देखी ६ महिना, २०७३  फागुन १३ देखी चैत्र १५ सम्म र २०७४ चैत्र १ देखी एक महिनासम्म उजुरीको आवहान गरिएकोमा इलाममा उजुरी  परेको २७ मध्ये २० जनाको बारेमा छानबिन गरिएको हो ।

यस अबधीमा बेपत्ता भएर छानबिन भइरहेकाहरुमा इ. न. प २ का चन्द बहादुर शाह र अनिल देउजा, चमैता ७ का सुर्यबहादुर बराइली ,फाकफोक १ का गोकुल बहादु ोिनरौला ,जमुना ९ का नारायण प्रसाद भट्टराइ,सोयाङ ६ का कुमार लिम्बु ,पुवामजुवा ८ का अगम सिह राइ , इ.न. पा ४ का मिलन राइ ,मंगलबारे ३ का कटक साङपाङ ,जिर्मले ४ का निर बहादुर रिजाल ,इ.न पा ७ का चिरनजिबि लामिछाने ,दे न.पा ३ का पदम चापागाइ,र प्रमोद प्रसाद चापागाइ ,शान्तिडाडा ३ का सुकराज राइ ,र २ का टेकराज लिम्बु, बाझो ८ का डिल्लि राम मादेन, सुम्बेक २ का गणेश राइ, आमचोक ४ का सुकराज राइ र जोगमाइ २ का हर्कधोज राइ रहेका छन ।

यसैगरि उजुरी परेका अन्य सात जना,लोकेन्द्र भट्राइ शान्तिडाडा ३ को २०६४ बैशाख ७ गते भएकोले बेपत्ता आयोगसग संबन्धित नरहेको ,गुणराज मिश्र लल्मिपूर ९ लाइ मृतक देखिएको ,सुलुबुङका प्रकासराज पौडेलको,इ.न पा २ का केशव कुमार काफ्लो , इ.न.पा ९ का दुर्गा बहादुर अधिकारी,सोयाङ ६ का तेज प्रसाद अधिकारी ,बरबोटे ३ का कुमार बिश्वकर्माको द्धन्द्ध सग संबन्धित घटना नरहेकोले तामेलीमा राखिएको बेपत्ता छानबिन आयोगका प्रवक्ता डा. बिष्णु पाठकले बताए ।

इलाममा बेपत्ता छानबिन आयोगले गत २७ गतेबाट पिडीत २० जनाको उजुरीकर्ता,देख्ने र जान्नेहरुसग घटनाका बारेमा बयान लिएको थियो । बेपत्ता छानबिन आयोगका अनुसंधान अधिकारी तथा प्रवक्ता डा बिष्ण्ु पाठकको नेतृत्वमा अन्य चारजना अनुसंधान अधिकारीको टोली आएर अध्ययन गरेको थियो ।

घटनाको बारेमा सत्य तथ्य छानबिन गरि पिडकलाइ कारबाही र पिडीतलाइ न्याय लिदाउन बिश्वको साठी देशको मोडलको रुपमा काम गर्ने र आयोगबाट दोशी देखिएमा जो कोहिले छुटकारा नपाउने पाठकले बताए ।

नेपालमा ससस्त्र द्धन्द्धमा ३ हजार १ सय ८३ बटा उजुरी परेको जसमध्ये २ हजार तीन सय ५९ उजुरीको अध्ययन गदै गरेको र बाकी आठसय चौबिस उजुरीमा चार सर चौधको सत्य निरुपण आयोग, एक सय उननाइसको दोहोरो उजुरी दुइसय ८३ उजुरी तामेलीमा रहेको र निमार्ण हुन बाकी ८ बटा फायल रहेको छ । हालसम्म बेपत्ता छानबिन आयोगले देशको ३५ जिल्लामा काम सकेको र बाकी असार १५ सम्ममा सकेर प्रतिबेदन पेश गरिने डा पाठकले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार