सूर्योदय नगरपालिका वडा नम्बर ८ को बृदाश्रममा एक कार्यक्रमका साथ ८० बर्स भन्दा माथिका जेष्ठ नागरिक लाइ थर्मस वितरण गरेर सम्मान साथै ३ महिने आधारभूत सिलाइकटाई कार्यक्रमको समापन र प्रमाण पत्र वितरण कार्यक्रम संम्पन्न भएको छ ।
कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष श्री शुभाष कुमार राईको सभापतित्वमा भएको थियो भने नगरपालिका प्रमुख मेयर रण बहादुर राईको प्रमुख आथित्यमा साथै नगरका उप मेयर दुर्गा देवी भट्टराईको विषेश आथित्यमा कार्यक्रम संम्पन्न भएको थियो । उक्त कार्यक्रममा वडा महिला सदस्य सविना श्रेष्ठ ले कार्यक्रममा स्वागत मन्तब्य राखेका थिए भने वडा सदस्य श्री रमेश प्रधानले कार्यक्रम माथि प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि र विशेष अतिथिले बृद्ध बृद्धाहरुलाई थरमस वितरणगरी खदा ओढाएर सम्मान गरेका थिए साथै मिति २०७४।१०।२३ बाट वडा कार्यलयले संचालन गरेके ३ महिने आधारभूत सिलाइकटाइ कार्यक्रमको प्रमाण–पत्र वितरण पनि प्रमुख अतिथि र विषेश अतिथिले द्वारा गरिएको थियो भने कार्यक्रममा प्रमुख अतिथि र विषेश अतिथि लगायत ले शुभकामना मन्तब्य राखेका थिए भने उक्त कार्यक्रम कम्प्यूटर अपरेटर अशोक लिम्बूले संचालन गरेका थिए ।






















































