गोबिन्द पौडेल
रोङ : बिकासको पूर्वाधार मानिने ठूला सडकहरु बन्ने क्रम भइरहदा भिन्नै पहिचान बोकोको गाजले भिरको गोरेटोलाइ कसैको नजर परेको देखिदैन ।
इलामको दक्षिण पूर्बमा रहेको रोङ ६ को धजेडाडोबाट पल्लो पटिको गाउ सलकपूर जानको लागि अति छिटो तर पहराको बिचमा रहेको गोरेटो बिगत २०४२ सालतिर जिर्मलेको सलकपूरमा खानेपानीको पाइप बिस्तार गरिदा देखी मानिसहरु मुस्किलले आवात जावत गर्न थालेको उक्त पहराको गोरेटो बाटो संचालन आएको थियो ।
हुनत त्यो बिकल्प बिहिन बाटो भने होइन उक्त बाटोको बिकल्पमा २०५६सालदेखी सडक डिभिजन कार्यलय इलामले नै धजे गाजले सडक निमाण शुरु गरेको र २०६६ सालतिर कच्ची सडक बनेकोले मोटर समेत संचालन भएको थियो । हरेकबर्षको बर्षादमा गाजले डाडोमा पहिरो जाने र मर्मत गरेर संचालन गरिने गरेको भएपनि आर्थिक बर्ष २०७१ ्७२मा जिल्ला बिकाश समितिले निमार्ण गर्ने भनिएको भएपनि गाजले डाडोको करिब एकसय मिटरजतिको पहिरो पन्छाउन कतैबाट पहल नभएको कारण नागरिकहरुले ज्यानको जोखिम मोलेर पहराकै बाटो प्रयोग गर्नु परेको स्थानिय डम्बर राइले बताए ।
हरेक दिन करिब एकसय जना जतिस्थानिय र अन्य स्थानका मानिसहरुको आवात जावत हुने सो बोटोमा हालसम्म कुनै मानबिय संकट नआएको भएपनि केही चौपायहरु भने लडेर मरेको स्थानिय बासीहरुको भनाइ रहेको छ । कैयौ पटकको बर्षा याममा पहिरोको जोखिम र हिउदको समयमा जंगली जनावरहरुले लडाएको ढुङ्गगाले निक्कै समस्या भोग्नुपरेको जिर्मले १सलकपूरमा घरभइ जिर्मले ५ रम्भ्याङ्गको सरस्वती माबिमा अध्यापन गराउने पूर्व शिक्षक खेमराज खनालको अनुभव रहेको छ । बाटोको बिकटताकै कारण गाबिसको बिद्यालय छाडे झापामा सरुवालिएर गएको उनको भनाइ रहेको छ ।
त्यसात जिर्मले बासीले उक्त पहराको बिकल्पको कुरा जिल्ला बिकाश समिति इलाम।, सडक डिभिजन कार्यलय इलाम राजनितिक दलमा समेत नराखेको भने हैन बाटोको समस्याको बारेमा २०५६ सालमा तत्कालिन सभासद बेनुपराज प्रसाइलाइ अवगत गराएर धजे गाजले सडक निमार्ण थालिएको र पछि सभासद तथा पूर्ब प्रधानमन्त्रि भलनाथ खनाललाइ उक्तबाटो अवस्थाको बारेमा अवगत गराइ धजे गाजले सलकपूर मर्मत र स्तर उन्नतीको कुरा गरेपनि कामनै रोकिएको जिर्मलेबासीको दुखेसो छ ।
कुनैपनि मानबिय घटना नभइ सचेत नहुने हाम्रो देशको चलन संस्कार नै बनी सकेको भनाइ रहेकोमा स्थानिय बासीको सहजता र संभब्य जोखिमलाइ टार्न संबन्धित निकायबाट समयमै ध्यान लगाउन स्थानिय बासीहरुको आग्रह रहेको छ ।