संभावना बोकेको हल्लने ढुगा  ओझेलमा

गोबिन्द पौडेल

इलाम : प्रकृतिले यस धर्तिमा अनेकौ अलौकिक उपहारहरु दिएका छन् , कतिले चर्चा पाएका छन् त कति ओझेलमानै रहेका छन् यस्वना तै रमाइलो स्थानमा रहेको अनौठो हल्लने ढुगा पनि ओझेलमानै रहेको छ  |

रोङ गाउपालिका वडा नम्वर ६ को रम्भ्याङ र जौबारीको समिामा रहेको अग्लोडाडामा को समथर स्थानमा रहेको बढेमानको तिनवटा ढुगाहरु तीनचुले रुपमा रहेको छ जसमाथी चढेर कस्दा एउटा ढुगा  सजिलै तत्रक तत्रक हल्लने गरेको छ ।

अग्लो डाडा र घना जंगलको बिचमा रहेको सो डाडाबाट तराइका समथर भुभाग र हिमाल र पहाडको मज्जाले दृश्यावलोकन गर्न समेत सकिन्छ तर अहिले सम्म कसैले संरक्षण गरेको छ न त प्रचार प्रसार नै । मानव निर्मित कतिपय स्थानहरु त आर्कषणका केन्द्र बनिरहदा प्रकृतिक रुपको अनौठो ढुगा  र रमणिय स्थान ओझेलमा परेको हो ।

यो ढुगा  देखी यस्तै रहेको र पहिला गोठालाहरुले खेल्ने स्थान रहेको भएपनि आजभन्दा करिब ६० सत्तरी बर्ष अधि लामा गुरुहरुको तपोभूमि रहेको स्थानिय बुढापाकाहरुको भनाइ रहेको छ , जिर्मलेको थर्पु बजारबाट करिव एक किलोमिटर दक्षिण र हर्कटे जौबारी सडकको करिब दुइसय मिटरको उत्तरमा अवस्थित उक्त ढुगा स सरसफाइ र संरक्षणको कार्य थालिएको स्थानिय युवा रुद्र प्रधान बताउछन् ।

त्यसको करिव एक किलोमिटर जौबारी र जिर्मलेको सिमानामा प्रकृतिक रुपमा ढुगामा अनेको देबी देवताको आकृती भएको मनाकामना मन्दिर समेत रहेकोले यस्ता प्रकृतिक बस्तुहरुको संरक्षण र प्रचार प्रसार गर्न सके रोङमा पर्यटन प्रबधन गर्न किने प्रसस्त संभावना रहेको छ । स्थानिय निकाय र जनप्रतिनिधिकरुको पहल होस भन्ने स्थानिय बासीहरुको अपेक्षा रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार