नयाँ बुलन्द
प्याङ : इलामको माईजोगमाई गाउँपालिका ६ प्याङमा आयोजित तीन दिने लैंगिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी तीन दिवसीय तालिम मंगलबार सकिएको छ ।
प्याङ महिला समितिको आयोजनामा सञ्चालित तालिममा ४० जना महिलाहरुको सहभागिता रहेको थियो । तालिमका सहभागीहरुलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ इलामका अध्यक्ष एवम् नयाँ बुलन्द डटकमका सम्पादक राम योङहाङले सहजीकरण गरेका थिए ।
प्याङ महिला समितिका अध्यक्ष गीता अधिकारीको अध्यक्षतामा भएको तालिमको समापन समारोहमा सहजकर्ता योङहाङ तथा सहभागीका तर्फबाट सीता राई र सुस्मीता थेवेले मन्तव्य राखेका थिए ।
गाउँपालिकाको महिला लक्षित विकास कार्यक्रम अन्तरगत कार्यक्रम आयोजना गरिएको थियो ।