सूचनाको हक संरक्षण, सम्बर्धन र प्रचलन सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम इलामको चुलाचुली गाउपालिकामा सम्पन्न

इलाम चुलाचुली :सूचनाको हक संरक्षण, सम्बर्धन र प्रचलन सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम इलामको चुलाचुली गाउपालिकाको मुख्य कार्यलयमा हिजो सनिबार सम्पन्न भएको छ ।

अभिमुखीकरण कार्यक्रममा गाउपालिकाका सबै जनप्रतिनिधि वडा सचिब तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रमलाई नेपाल पत्रकार महासंघ इलामका सदस्य डाक्टर देबी क्षेत्री दुलाल र धर्म गौतम ले सहजीकरण गर्नुभएको थियो ।

जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बरालको प्रमुख आतिथ्यता तथा गाउपालिका अध्यक्ष प्रदिप चन्द्र राई उपाध्यक्ष निर्मला दाहाल लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल पत्रकार महासंघ इलामको आयोजना र गाउपालिकाको सहयोगमा कार्यक्रम सम्पन्न भएको गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत छबिलाल खतिवडाले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार