लिम्बू विद्यार्थी मञ्‍चद्वारा सम्मान र शुभकामना

नयाँ बुलन्द

धरान : लिम्बू विद्यार्थी मञ्‍चले भेखरै सम्पन्न संघीय विद्यार्थी युनियनको तेस्रो संघीय महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेको छ ।

लिम्बू विद्यार्थी मञ्‍चको विभिन्न ओहोदामा रहेर काम गरेका तथा काम गरिरहेका आफ्ना सहकर्मीहरु संघीय विद्यार्थी युनियनमा समेत निर्वाचित भएपछि लिम्बू विद्यार्थी मञ्चले बधाई र शुभकामना सहित सम्मान गरेको हो ।

बुधबार सुनसरीको धरानस्थित विजयपुर स्मारकमा एक कार्यक्रमा आयोजना गरी लिम्बू विद्यार्थी मञ्‍चले नवनिर्वाचित संघीय विद्यार्थी युनियनका पदाधिकारीहरुलाई खदा ओढाएर सम्मान गरेका थिए ।

यसरी सम्मानित हुनेहरुमा संघीय विद्यार्थी युनियन संघीय कार्यसमितिका अध्यक्ष सेसेहाङ चोङबाङ, उपाध्यक्ष राजेश इवाहाङ र महासचिव सुवास खुदाङ तथा प्रान्तीय कार्यसमितिका उपाध्यक्ष जीवन थलङ र सचिवालय सदस्य मेरिना तबेबुङ रहेका छन् ।

सम्मान कार्यक्रमलाई संक्षिप्त सम्बोधन गर्दै लिम्बू विद्यार्थी मञ्‍चका केन्द्रीय अध्यक्ष फिपराज बेघाले मुद्धा मिल्ने विषयमा सहकार्य गरी बहुभाषिक शिक्षा, संघीय शिक्षा प्रणाली तथा पहिचानको मुद्धालाई स्थापित गर्न लाग्नुपर्नेमा जोड दिए । संघीय विद्यार्थी युनियनका नवनिर्वाचित अध्यक्ष सेसेहाङले पनि आफूहरु सहकार्यका साथ अघि बढ्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा लिम्बू विद्यार्थी मञ्‍चका वरिष्ठ उपाध्यक्ष नितेश सिङघक र पत्रकार राम योङहाङले समेत शुभकामना मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार