इलामको माई नगरपालिका १ पाल्टारबाट चिरान काठ बरामद

इलाम : माई नगरपालिका १ पाल्टारबाट सशत्र प्रहरी र बन रक्षकको टोलीले बेवारिसे अबस्थामा चिरान काठ १ सय १५ दशमलब ५७ क्यूबिक फुट बरामद गरेको छ ।

गस्तीमा रहेको टोलीले सोमबार अपरान्ह उक्त परिमाणको काठ बरामद गरेको सशत्र प्रहरी बल दानाबारीको प्रहरी निरिक्षक डिल्लीराम चौधरीले बताए  । करिब ५ लाख मुल्य पर्ने उक्त चिरान काठ माई खोलाको बाटो गरी लादै गरेको सुचना पाएपछी प्रहरी र बनरक्षकको टोली सो स्थानमा पुगेको थियो ।

गस्ती टोली पुग्दा काठ तस्कर काठ छोडी फरार रहेकाले पहिचान हुन नसकेकोे बताँएको छ । बरामद काठ आजै दक्षिणी सेक्टर बन कार्यालय सुखानीमा बुझाईने प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार