३ सय २७ नागरिकता बाडिए

इलाम : घरदैलोमा नै सरकारी कार्यालयको सेवा प्रदान गर्ने उदेश्यले इलामको सन्दकपुर गाउपालिका ४ मावुमा तीन दिने घुम्ति शिविर सञ्चालन भएको छ ।

शिविरमा जिल्ला प्रशासन, स्वास्थ्य, कृषि, पशुसेवा, महिला तथा बालबालिकालगायत कार्यलयका सेवा प्रदान गरिएको थियो । जेठ १० गते सूरु शिविरमा ३ सय २७ जनाले नागरिकता लिएका छन् । विभिन्न कारणले सदरमुकाम पुगेर सेवा लिन नसकेका सेवाग्राहीलाई शिविर राहत प्रदान गरेको गाउपालिकाका प्रमुख उदय राईले वताउनु भयो ।

शिविरमा ७२ वर्ष सम्मका जेष्ठ नागरिकले नागरिकता प्राप्त गरेका थिए । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत देविचरण फूएलको नेतृत्वको टोलीले सेवा प्रदान गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार