इलाम : इलामबाट रोजगारीका लागि दक्षिण कोरिया पुगेका इलामेलीहरुले असक्त र गरिवलाई सहयोग गरेको छ । सुर्योदय सेवा समाज दक्षिण कोरियाले बिरामी परेका जिल्लाका तीन जनाका परिवारलाई चार लाख दुई हजार सहयोग गरेको हो ।
सेवा समाजले ब्लड क्यान्सर भएर उपचाररत इलाम नगरपालिका चारका रितिक घिमिरेका लागि नगद तीन लाख दश हजार सहयोग गरेको छ । सो रकम मंगलबार इलाम सदरमुकाममा भएको एक कार्यक्रम विच विरामीका परिवारलाई सेवा समाजका संस्थापक अध्यक्ष हरि खनाल, जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश वराल र युद्धप्रसाद बैद्यले हस्तान्तरण गरेका थिए । साथै नयाँ बुलन्दकर्मी नरेन ईलामेलीले सन्कलन गरेको नगद रु १३ हजार ८ सय ५० समेत सोही अवसरमा हस्तान्तरण गरिएको थियो ।
त्यस्तै इलाम नगरपालिका ५ बरबोटेकी हात आगोले पोलेर उपचाररत निरु राईका परिवारलाई समेत सो हि अवसरमा नगद ६२ हजार रकम उपलब्ध गराइएको छ । सो रकम समेत संस्थापक अध्यक्ष खनाल सहित इलाम उद्योग वाणिज्य संघका अध्यक्ष आनन्द कट्टेल, इलाम नगरपालिका वडा नम्वर पाँचका वडा अध्यक्ष नुतनदेव दुलालले हस्तान्तरण गरेका थिए ।
सोहि अवसरमा सेवा समाजले सन्दकपुर गाउपालिका सुलुबुङकी मुटुरोगी निसानी साउदेनका परिवारलाई नगद ३० हजार हस्तान्तरण गरिएको छ । सो रकम समेत सेवा समाजका संस्थापक अध्यक्ष खनाल सहित नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सटेन्द्र जवेगु र महासंघका १ नम्वर प्रदेशका उपाध्यक्ष सोमनाथ सुसेलीले हस्तान्तरण गरेका थिए ।