बसको ठक्करबाट मजदुरको मृत्यु

नुवाकोट : नुवाकोटको किस्पाङ–५, मनकामनास्थित चाँपडाँडामा बसले ठक्कर दिँदा आज दिउँसो एकजनाको मृत्यु भएको छ ।

शान्तिबजारबाट सातदोबाटोतर्फ गइरहेको बा ४ ख ७३८९ नं। को बसले सडक निर्माणमा खटिएका मजदुर सल्यान जिल्लाको कालीमाटी गाउँपालिका–३ का कुशल घर्तीको घटनास्थलमै मृत्यु भएको छ ।

तिव्रगतिमा रहेको बसले सडक छेउमा ढलनाली निर्माणका लागि पर्खाल लगाइरहेका घर्तीलाई ठक्कर दिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार