श्री एयरको हेलिकप्टर स्याङबोचे विमानस्थलमा दुर्घटना

काठमाडौं : श्री एयरको एमआई १७ हेलिकप्टर सोलुखुम्बुको स्याङबोचे विमानस्थलमा दुर्घटना भएको छ ।

बुधबार विहान रन वे बाट चिप्लिएर हेलिकप्टर दुर्घटनामा परेको हो । नेपाल नागरिक उड्ययन प्राधिकरणमा प्रवक्ता विरेन्द्र श्रेष्ठका अनुसार फाप्लुबाट कार्गो लगेको हेलिकप्टर दुर्घटनामा परेको हो ।

मंगलबार राति हिउँ परेकाले खराब मौसमका कारण हेलिकप्टर रन वे बाट चिप्लिएको हो । दुर्घटनामा मानविय क्षती भने नभएको र प्राविधिक टोली दुर्घटनास्थल तर्फ लागेको श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार