जंगली च्याउ सेवनबाट दानाबारीमा दुई विरामी

वीरु पापो 

दानाबारी : इलाममा जंगली च्याउ सेवनबाट दुई जना विरामी परेका छन् । माई नगरपालिका ३ मुसेखोलाकी ३२ वर्षीया कविता चाम्लिङ राई र ३३ वर्षीया शर्मीला येक्तेन लिम्बू विरामी परेका हुन् ।

उनीहरुले बारीमा पलाएको च्याउ विहानको खानासँग खाएका थिए । खाना खानसाथ पेट पोल्ने, वान्ता हुने लक्षण देखिएपछि स्थानीयको सहयोगमा उनीहरुलाई झापाको कन्काई अस्पतालमा उपचारका लागि पठाईएको जनाइएको छ । उनीहरुलाई सघन उपचार कक्षमा उपचार भईरहेको कन्काई अस्पिटलले जनाएको छ ।

राई स्थानीय बाल मन्दिर आधारभूत विद्यालयकी सहयोगी हुन् । विगत १० वर्षदेखि बालमन्दिरमा कार्यरत छिन् । च्याउको पहिचान नगरि सेवन गर्नाले जिल्लाका विभिन्न क्षेत्रमा वर्सेनी दर्जनौ विरामी पर्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार