दोस्रो सुर्योदय सडक महोत्सवको तयारी पूरा

नयाँ बुलन्द

सूर्योदय : पूर्वी इलामको पर्यटकिय नगरी सूर्योदय नगरको पर्यटन बिकासमा सघाउ पुर्‍याउने उद्धेश्यका साथ आयोजना हुन लागेको चार दिने दोस्रो सूर्योदय सडक महोत्सवको तयारी पूरा भएको छ ।

महोत्सव २९ चैत २९ देखि २ वैशाखसम्म मेची लोकमार्गको फिक्कल सडकमा सञ्चालन हुन लागेको हो । सुर्योदयको पर्यटकीय स्थानहरुको प्रवद्धनका लागि गत वर्षबाट नयाँ बर्षको अवसरमा सुर्योदय सडक महोत्सव हुँदै आएको छ ।

महोत्सवमा स्थानिय स्तरमा उत्पादन भएका चिया, दुग्ध, अचारका परिकारहरुका स्टलहरु राखिने योजना तयारी गरिएको एसोसिएसनका सचिव युवराज प्रधानले बताए ।यस्तै महोत्सवलाई भब्य बनाउन चारैदिन राष्ट्रियस्तरका कलाकारहरु नविन के भटटराई, इन्दिरा जोशि सहित बिभिन्न ब्याण्डहरु को साँगीतिक प्रस्तुति रहने छ ।

सुर्योदय नगरपालिका इलामको प्रवेशद्वार पनि हो । पश्चिम बंगालको दार्जिलिङ प्रवेश गर्न पनि सूर्योय नगर टेक्नै पर्दछ । समुन्द्री सतहबाट नौं सय देखि एक हजार ८ सय १२ मिटरको उचाइमा अवस्थित सूर्योदय नपा सदरमुकाम इलामबजार देखि ३७ किलो मिटर दक्षिणमा पर्छ । सचिव प्रधान भन्छ “इलामका गाउँ गाउँ पर्यटकका लागि नौला गन्तव्यको रुपमा विकास भइरहेका छन् ।”

झापाको चारआलीबाट ४० किलोमिटर पहाडी यात्रा गरेपछि कन्याम सहितका पर्यटकीय गन्तव्यमा प्रवेश गरिन्छ । करिब ९० प्रतिशतभन्दा बढी जनता कृषि उद्यममा भएकाले पनि धेरै पर्यटकहरु यहाँको सोन्दर्य र श्रममा मोहित हुने गरेको सचिव प्रधानको भनाई छ ।

महोत्सवमा ३८ लाख खर्च हुने आयोजकले जनाएको छ । महोत्सवमा स्थानीय परिकारका स्टल देखि ओटोका स्टलहरु समेत रहने आयोजकले जनाएको छ । महोत्सवमा दुई करोडको कारोबारहुने आयोजककको अपेक्षा छ । महोत्सवमा नेपाल र भारतका १ लाख ५० हजार पर्यटक आउने सचिव प्रधानले बताए ।महोत्सवलाई सम्पन्न गर्न सूर्योदय नगरपालिकाको कार्यालय, सूर्योदय उद्योग बाणिज्य संघ सहित बिभिन्न प्रायोजकहरु रहेका छन् ।

यसैक्रममा महोत्सवकै अवसर पारेर फिक्कलमा इलाम जिल्ला भरको पर्यटकिय स्थलको जानकारी दिनेगरी पर्यटकिय सुचना केन्द्रको पनि स्थापना गर्ने बताइएको छ । सूर्योदय नगर क्षेत्रको पर्यटन प्रबद्र्धन गर्न स्थानीय सरकारले कुनै चासो नदेखाएको तथा सडक महोत्सवलाई निरन्तरता दिन आयोजक सूर्योदय होटल ब्यबसायि संघले महोत्सवको आयोजना गरेको सचिब युवराज प्रधानको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार