इलाम महोत्सवको तयारी, उपराष्ट्रपतिले उद्घाटन गर्ने

इलाम : आगामी वैशाखको पहिलो साता इलाम महोत्सव हुने भएको छ ।

इलाम सदरमुकाम खलंगा स्थापना भएको दुई सय वर्ष पूरा भएको अवसरमा इलाम नगरपालिकाले महोत्सव आयोजना गर्न लागेको हो । ‘इलाम हाम्रो गौरव’ भन्ने नाराका साथ वैशाख १ देखि ३ गतेसम्म महोत्सव गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

२०७५ सालमा इलाम सदरमुकाम खलंगा स्थापना भएको दुई सय वर्ष पूरा हुँदैछ । भारतसँगको सुगौली सन्धिपछि भारतको नगरीगढीबाट फर्किएको श्रीनाथ पल्टन इलामको माइस्थानमा आएर बसेपछि इलाम बजार स्थापना भएको थियो ।

सुगौली सन्धिपछि १८७५ सालमा इलामकै करफोकबाट नामसालिङ हुँदै अहिलेको स्थानमा सदरमुकाम सरेको इतिहास छ ।

महोत्सवको तयारी तीब्र बनाइएको महोत्सव उपसमिति संयोजक नवराज शंकरले जानकारी दिए ।

महोत्सवको उद्घाटन उपराष्ट्रपतिले गर्ने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार