गायक राजेश पायल राई दुर्घटनामा, गायक राईले भने, ‘सेफ छु’

काठमाडौं : भर्ससटाइल गायक गायक राजेश ‘पायल’ राई सवारी दुर्घटनामा परेर घाइते भएका छन् । गुल्मी महोत्सवमा सहभागी हुन जाने क्रममा उनको गाडी दुवी चौर भन्ने स्थानमा दुर्घटना भएको हो ।

गायक राई चढेको गाडिलाई पछाडिबाट गाडिले टक्कर दिएको उनले बताए । उनको टाउकोमा सामान्य चोट लागेको र खतरा मुक्त रहेको जानकारी दिए ।

नयाँपेजसँगको फोन सम्पर्कमा गायक राईले आफू दुर्घटनामा परेको भए पनि आफू सेफ रहेको बताएका छन् । उनले अहिले आफू कार्यक्रमस्थल पुगिसकेको र होटलमा आराम गरिरहेको बताएका छन् । गायक राईले भोलि मात्र कार्यक्रम रहेकाले आरामपछि कार्यक्रममा सहभागी हुने बताए ।

उनले दुर्घटनाका रेडियो कान्तिपुरको प्रशासन प्रमुख परमानन्द खनाल र  महोत्सवका आयोजक खुमानन्द आचार्य घाइतका भएकाे जानकारी दिए । उनीहरू दुबैलार्इ सामान्य चाेट लागेकाे र अवस्था सामान्य  रहेकाे उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार