प्रकाश पाक्साँवा
तेह्रथुम : ‘लालिगुराँस नगरपालिकाको अभियान लोक गित तथा लोक नृत्यको सम्मान’ भन्ने मुल नाराका साथ तेह्रथुमको लालिगुराँस नगरपालिकामा प्रथम लालिगुराँस आईडलको अडिसन सुरु हुने भएको छ ।
नगरपालिकामा रहेका लोक नृत्य तथा गायनमा प्रतिभा रहेका प्रतिभासालीहरुको कलालाई सम्मान तथा प्रोत्साहन गर्ने उदेश्यका साथ आईडलको आयोजना गर्न लागिएको ब्याबस्थापक रबि किरण मादेनले बताए ।
उनका अनुसार गाउँ घरमा लुकेर रहेका प्रतिभाहरुलाई अबसर दिनका निम्ति प्रथम लालिगुराँस आईडल आयोजना गरिएको हो । आईडलको आज लालिगुराँस नगरपालिकाको लसुनेमा हुने भएको छ ।
त्यस्तै यहि चैत १८ गते बसन्तपुर २० गते दाँगपामा हुने भएको छ । आईडलमा प्रथम हुनेले नगद१५ हजार प्रमाणपत्र दोस्रो हुनेले १० हजार प्रमाणपत्र प्राप्त गर्ने भएका छन । आईडललाई लालिगुराँस नगरपालिकाले आयोजना गरेको हो ।