दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

बनेपा : बनेपा पनौती सडक खण्डमा दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बनेपाबाट पनौती तर्फ जाँदै गरेको बा २ ख ५६७५ नम्बरको बसले विपरित दिशाबाट आएको बा ७२ प ४७८६ नम्बरको मोटरसाइकललाई बनेपा ११ मा ठक्कर दिएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक रामेछाप चिसापानीका बालकृष्ण श्रेष्ठको उपचारको क्रममा शिर मेमोरियल हस्पिटलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

घटनापछि पनौती बनेपा सडकखण्ड अवरुद्ध भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार