शिविरमा २ सय ६० को स्वास्थ्य परिक्षण

नयाँ बुलन्द

इलाम : इलाममा आयोजित पाठेघरको क्यान्सर रोग परिक्षण शिविरबाट दुई सय ६० महिला लाभान्वित भएका छन् । शुक्रबार नेपाल अर्बुद रोग निवारण संस्था इलामले जिल्ला अस्पतालमा आयोजनामा गरेको शिविरमा दुई सय ६० ले ले निःशुल्क स्वास्थ्य परिक्षण गराएको संस्थाका अध्यक्ष शिमालय कर्माचार्यले जानकारी दिए ।

शिविरमा भक्तपुर क्यान्सर अस्पतालका डाक्टर विवेक खनाल, जस्मा मल्ली र विवेक पौडेलले स्वास्थ्य परिक्षण गरेका थिए । १८ देखि ६० वर्ष सम्मका विवाहित महिलाले शिविर आफ्नो पाठेघरको स्वास्थ्य परिक्षण गराएका थिए ।

रहनसहन, खानपिन र वातावरणका कारण यो रोग लाग्न सक्ने भन्दै डा. विवेक पौडेल सवैलार्य सचेत हुन आग्रह गरे । स्वास्थ्य जाँचपछि भरतपुर क्यान्सर अस्पतालमा लगेर नै थप परिक्षण गरिने बताइएको छ । सो परिक्षणपछि मात्र रिपोर्ट आउने बताइएको छ ।

बच्चा पाईसकेका, सानै उमेरमा यौन सम्पर्क राखेका र दुई भन्दा बढी ब्यक्ति संग यौन सम्बन्ध राखेका महिलामा बढी पाठेघरको क्यान्सर हुने गरेको पाईएको डाक्टर पौडेलको भनाई छ । महिला तथा पुरुषका अन्य रोगको समेत परिक्षण भएको थियो ।

शिविर सञ्चालनका लागि भक्तपुर क्यान्सर अस्पताल भक्तपुर, जिल्ला अस्पताल इलाम, इलाम नगरपालिका र सप्तकोशी डेभलपमेन्ट बैंक इलामले सहयोग गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार