खान्द्रुङ माविको ६१ औं वार्षिक उत्सव सुरु

नयाँ बुलन्द

इलाम : इलामको देउमाई नगरपालिका वडा नम्बर ७ शिद्धिथुम्का स्थित खान्द्रुङ्ग माविको ६१ औं बार्षिक उत्सव बिभिन्न कार्यक्रमको आयोजना गर्दै सुरु भएको छ ।

बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष युवराज खनालको अध्यक्षता तथा देउमाई नगरपालिकाका नगर शिक्षा अधिकारी रुपेन्द्र न्यौपानको प्रमुख आतिथ्यमा बार्षिक उत्सवको उद्घाटन गरीएको छ । तीन दिनसम्म सञ्चालन हुने उत्सवको पहिलो आज अन्तर बिद्यालय फूटबल, भलिबलका साथै अन्य बिभिन्न खेलकुदहरु सम्पन्न भएको छ । यस्तै आजै साँस्कृतिक कार्यक्रम पनि भएको छ ।

उत्सवको उद्घाटनमा बिद्यालयका प्रधानाध्यापक काजीमान एक्तेनले बिद्यालयको प्रगति र भावि कार्ययोजनाको प्रतिबेदन पेश गरेका थिए । उत्सवको दोस्रो दिन  स्वास्थ्य शिबिर र अन्तिम दिन बिभिन्न जातिय झाँकि प्रदर्शनि, पुरस्कार बितरण तथा सम्मान कार्यक्रम रहेको बिद्यालयका पूर्व बिद्यार्थी युवराज घोर्षाइले जानकारी दिए ।

उत्सवको समापनमा बोल्ने अधिकाँश बक्ताले पर्यटकिय प्राकृतिक तथा धार्मिक पर्यटकिय क्षेत्र रहेको शिद्धिथुम्कालाई शैक्षिक पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्नुपर्नेमा पनि जोड दिएका थिए । यसैबीच सोहि नगरपालिका अन्तर्गत वडा नम्बर ९ जीतपुर स्थित त्रिभुवन आधारभूत बिद्यालयले स्वर्ण महोत्सव मनाएको छ ।

महोत्सवमा बिद्यालयका पूर्व ब्यबस्थापन समितिका अध्यक्ष तथा पूर्व शिक्षकलाई सम्मानका साथै साँस्कृतिक कार्यक्रमहरु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार