भवन बनेको पाँच वर्षमा पनि ब्लड बैंक सञ्चालन भएन

इलाम : सञ्चालन खर्च धान्ने आर्थिक स्रोत नहुँदा निर्माण भएको पाँच वर्षमा पनि इलाममा ब्लड बैंक सञ्चालनमा आएको छैन । बिभिन्न क्षेत्रबाट अर्थ संकलन गरेर इलाम नगरपालिकाको नारायणस्थानमा नेपाल रेडक्रस सोसाइटीको अगुवाईमा भवन बनेको हो । भवन निर्माणकैलागि साडे २७ लाख रुपैयाू खर्च गरेको रेडक्रले रक्तसंञ्चार केन्द्र चालउन भने सकेको छैन ।  जर्मनी सरकारको सहयोगमा आवश्यक उपकरण जडान भइसकेका छन् । तर कर्मचारी राख्ने स्रोत नहुदा ब्लड वैंक प्रयोगमा नआएको हो । र्जमन दुतावासले करिव १६ लाख रुपैयाँ बराबरको युरोपियन मापदण्ड अनुसारका आवश्यक उपकरण प्रदान गरेको हो ।

सदरमुकामको नारायणस्थान क्षेत्रमा भवन पनि निर्माण भइसकेको छ ।व्लड बैंक सञ्चालनकालागि आवश्यक कर्मचारी छनौटकालागि रेडक्रशलाई समस्या भएको हो ।

सञ्चालन थालेसूगै निरन्तरता दिन चुनौती भएको हो । केन्द्र सञ्चालनकालागि कम्तिमा ५० लाख रुपैयाूको अक्षय कोष चाहिने भए पनि हाल कोषमा करिव ८ लाख रुपैयाू मात्र संकलन भएको छ ।

‘इलाममा ५० शैयाको अस्पताल सञ्चालन भएको भनिए पनि त्यो अनुसारको सेवा पाइदैन,’ रेडक्रशले रगत व्यवस्थापनकालागि सञ्चालन गर्दै आएको आकस्मिक रक्त सञ्चार केन्द्रका संयोजक रतन चौधरीले भने, ‘तत्काललाई रगतको ठूलो समस्या नभए पनि रक्त सञ्चार केन्द्र सञ्चालन गर्नु हाम्रो दायित्व हो ।’

रगतको अभाव टार्न इलाममा आकस्किक रक्तसञ्चार सेवाकै भर पर्नु पर्ने अवस्था छ । आवश्यक परेको खण्डमा रक्त समूह अनुसार रेडक्रससूग सम्पर्कमा भएका इच्छुक व्यक्तिलाई बोलाएर रगतको जोहो गर्ने गरिएको छ । ‘ब्लड वैंक सञ्चालनकालागि निरत्तर प्रयासमा छौं,’ इलाम रेडक्रशका अध्यक्ष देवि गौतमले भने, ‘कर्मचारी व्यवस्थापनमा चाहिने आर्थिक भार थेग्ने अवस्था अझै आएको छैन ।’ रेडक्रशले जिल्ला समन्वय समिति र स्थानीय तहसूग पनि यसकालागि पहल जारि राखेको छ ।

‘आकस्मिक रक्तसंचार सेवाको विकल्प र इलाम अस्पतालाई थप प्रभावकारी बनाउन पनि ब्लड वैंक सञ्चालनमा ल्याउनु पर्छ,’ गौतमले भने, ‘जिल्ला समन्वय समितिलाई मातहतका सवै स्थानीय तहसूग समन्वयलागि पहल गर्न आग्रह गरेका छौं ।’ सेवा सञ्चालन गर्न दुई प्राविधिकसहित कार्यालय सहयोगीको अनिवार्य व्यवस्था गर्नु पर्छ ।

अहिले रक्तदानमार्फत सञ्चालन भएको रगत झापा, मोरङ र सुनसरीका अस्पतालमा पठाइदै आएको छ । यहाू केन्द्र सञ्चालनमा भए आवश्यक रगत यहाँ प्रयोग गरेर बाँकी अन्यत्र पठाउने सोचमा रेडक्रश छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार