नयाँ बुलन्द
माइजोगमाइ : इलामको माईजोगमाई-१ मा रहेको उत्तरे पोखरीमा एक महिलाको शब फेला परेको छ ।
आज बिहान स्थानीयले पोखरीमा शब देखे पछि प्रहरीलाई खबर गरेका थिए ।
माईजोगमाई तीनकी ४० बर्षीय गीता श्रेष्ठले हिजै पोखरीमा डुबेर आत्माहत्या गरेको स्थानीय शिक्षक प्रेम भण्डारीले जानकारी दिनु भयो । मृतक श्रेष्ठको शब जिल्ला अस्पताल इलाम पठाईएको नयाँबजार प्रहरीले जानकारी दएको छ ।






















































