नवरङ शाकोसको साधारणसभा

नयाँ बुलन्द

झापा : झापाको दमक–६ स्थित नवरङ बचत तथा ऋण सहकारी संस्थाले बुधबार आफनो पाँचौ बार्षिक साधारणसभा सम्पन्न गरेको छ । स्थानीय जनमुखी सहकारी संस्थाको सभाहलमा एक कार्यक्रम गरि संस्थाले आफनो पाँचौ बार्षिक साधारणसभा सम्पन्न गरेको हो । त्यस अवसरमा संस्थाले एक दर्जन बढी उत्कृष्ठ बचत कर्ता, ऋणी शेयर सदस्यहरुलाई समेत पुरस्कृत गरिएको संस्थाका व्यवस्थापक शहरमान राईले जानकारी दिए ।

साधारणसभाको उद्घाटनमा संस्थाका अध्यक्ष सुरज लिम्बुले सञ्चालक समितिका तर्फबाट अध्यक्षको प्रतिवेदन र लेखा समितिका संयोजक राजेन्द्र खनालले लेखा प्रतिवेदन प्रस्तुत गरेका । दुवै प्रतिवेदन सभाको बन्द सत्रले सुझावसहित पारित गरिएको थियो । अध्यक्ष लिम्बुले प्रस्तुत गरेको प्रतिवेदनमा आर्थिक बर्ष २०७२/०७३ मा कुल ११ लाख घाटा पूर्ति गर्दें गत आर्थिक बर्षसम्म आउदाँ कुल आम्दानी ३३ लाख ७७ हजार ४ सय ९१ रुपैया पुर्याँउन सफल भएको उल्लेख गरेका छन् ।

त्यस वर्ष नै संस्थाको ८ लाख ७ हजार ७ सय शेयर पूंजीबाट बृद्धि गरि कुल शेयर पूंजी ५३ लाख ६ हजार ७ सय पुर्याँउन सफल भएको उल्लेख छ । संस्थाले सोहि बर्ष निक्षेप तर्फ १ करोड ७८ लाख ९ हजार ३ सय २५ र ऋण लगानी १ करोड ९० लाख १२ हजार ८सय ५ रुपैयाको कारोवार भएको संस्थाको प्रतिवेदनमा जनाईएको छ ।

जिल्ला सहकारी संघकी उपाध्यक्ष गीता कुँवरको प्रमुख आतिथ्यतामा भएको साधारणसभाको उद्घाटन कार्यक्रममा दमक वडा नम्बर ६ का वडाध्यक्ष टेकबहादुर थापा, दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाललगायतले साधारणसभाको सफलताको शुभकामना मन्तव्य राखेका थिए । संस्थाका उपाध्यक्ष धनकुमार राईले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन लेखा समितिकी सदस्य सृजना निङलेखुले गरेकी थिईन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार