सहकारीको १६औं साधारणसभा सम्पन्न तथा सभाहल उद्घाटन 

युद्धबहादुर बोहोरा

इलाम : चन्द्र सूर्य बचत तथा ऋण सहकारीको १६ औं साधारणसभा सम्पन्नका साथमा आफ्नो नवनिर्मित सभाहल उद्घाटन गरेको छ। इलाम फाकफोकथुम -२ मा स्थापित यस संस्थाले साधारण सभाको अवसर पारेर सभाहल उद्घाटन गरेको हो।

 ७ लाख ११ हजार ६ सय ८५ रुपैयाँको लागतमा निर्माण भएको उक्त भवनका लागि स्थानीय समाजसेवी तथा संस्थाका व्यवस्थापक धनसिं राईले आठ आना जग्गा नि:शुल्क उपलब्ध गराएका हुन्।हलमा २ सय पचास जना सम्म रहन सक्ने क्षमता छ। संस्थाका अध्यक्ष रामदेव राईको अध्यक्षतामा सम्पन्न भएको  कार्यक्रमकमा प्रमुख अतिथि जिल्ला बचत तथा ऋण सहकारी संघ इलामका अध्यक्ष लिलाप्रसाद थापाको उपस्थित थियो।

सहकारीले गत आर्थिक बर्षमा ४ करोड ३२ लाख ४८ हजार नौ सय आठ रुपैयाँको कारोवार गरेको छ । लेखा प्रतिवेदनमा उल्लख वासलातमा २ करोड ५६ लाख ४ हजार नौ सय ४६ रुपैयाँको सम्पति तथा दायित्वको हिसाव प्रस्तुत गरेको थियो। जिल्लाकै उत्कृष्ट सहकारीको रुपमा विभिन्न सरोकारवाला निकायबाट पटक पटक पुरस्कृत हुँदै आएको यस संस्थाको साधारण सभामा लेखा संयोजक लोकनाथ भट्टराईले लेखा र ऋण संयोजक सिद्धिप्रसाद भट्टराईले ऋण प्रतिवेदन पेश गरेका थिए ।

संस्थाका मुख्य व्यवस्थापक धनसिं राईले पेश गरेको बार्षिक कार्ययोजना र बजेट सर्वसम्मतले पारित भएको थियो। सहकारीमा उत्कृष्ट बचत तथा ऋणको कारोवार गर्ने मनुकुमारी तामाङ र दलित तथा उत्पीडित वर्गबाट देवी वर्देवा, तथा साधारण सदस्यको तर्फबाट एसईई परिक्षामा उत्कृष्ट अङ्क ल्याउने विनिता काफ्ले र प्रशोक भट्टराईलाई प्रमुख अतिथि बाट सम्मान र प्रशंसा पत्र प्रदान गरिएको थियो।

कार्यक्रममा पत्रकार युद्धबहादुर बोहोरा, सल्लाहकार नारायण बोहोरा,वडाध्यक्ष यामबहादुर पौडेल, विशेष अतिथि सुदिप श्रेष्ठ प्रमुख अतिथि लिलाप्रसाद थापा लगायतले मन्तब्य राखेका थिए।शेयर सदस्य सहित शुभचिन्तक हरुको उल्लेख्य उपस्थित रहेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार