व्यवस्थापन फितलो हुदाँ सेवाग्राही मारमा

सदरमुकामस्थित इलाम अस्पताल । फाइल तस्विर : नयाँ बुलन्द

सुजता सुनुवार 

इलाम : जिल्लाकै एकमात्र ठूलो अस्पताल इलाम अस्पतालको व्यवस्थापन पक्ष फितलो हुँदा सेवाग्राही मारमा परेका छन् ।

सेवा लिन आउने विरामीमध्ये गर्भवती महिलाहरुलाई बढी समस्या भएको गुनासो गरेका छन् । जिल्लाका कुल जनसंख्यामध्ये ७३ प्रतिशत गर्भवती महिला अस्पतालमा सेवा लिन आउने गर्छन् । त्यसमध्ये १९ प्रतिशतले मात्र सेवा पाउने गरेका छन् ।

बाँकी सबै सेवाग्राही उचित सुबिधा नहुँदा रेफर भएर महङ्गो खर्चमा जिल्ला बाहिरका अस्पतालमा जान बाध्य रहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ । अस्पतालमा व्यवस्थित सेवा सुविधा नभए कै कारण ५४ प्रतिशत सेवाग्राहीले बाहिरी जिल्लाका अस्पतालबाट स्वास्थ्य सेवा लिइरहनु पर्ने बाध्यता रहेको छ ।

जिल्ला स्वास्थ्य प्रमुख जीवनकुमार मल्लले अस्पतालको व्यवस्थापन पक्ष फितलो भएकै कारण सेवाग्राहीले सहज रुपमा सेवा पाउन नसकेको स्विकारे । अस्पतालमा रहेका बिभिन्न उपकरणहरु बिग्रको लामो समय बित्दा पनि त्यसको मर्मत संभारमा सम्बन्धित निकायको ध्यान जान नसक्दा स्वास्थ्य सेवा प्रभावकारी बन्न नसकेको अस्पतालले जनाएको छ । अस्पतालमा रहेको भिडियो एक्स–रे मेसिन बिग्रिएको लामो समय बितेपनि बनाउन अस्पतालसंग आवश्यक बजेट नभएको तथा सम्बन्धित निकाय अस्पताल बिकास समिति लगायतको ध्यान पुग्न सकेको छैन ।

जसकारण सेवाग्राहीहरु अस्पतालका ढोकाबाटै फर्कनु पर्ने बाध्यता रहेको मल्लको भनाई छ । अस्पतालबाट ७० प्रकारका औषधी निः शुल्क रुपमा उपलब्ध गराउने व्यवस्था छ । तर कुनकुन औषधी निशुल्क पाइन्छ भन्ने बारेमा सेवाग्राही अनविज्ञ छन् । गत आर्थिक वर्षमा औषधी खरिदका लागी अस्पतालमा २३ लाख रकम विनियोजन भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार