बस पल्टिदा एक बालिककाको मृत्यु सात घाईते

बिमल दाहाल

दानाबारी : झापाको विर्तामोडबाट इलामको चिसापानी तर्फ गएको मे १ ख ७१७ नम्बरको बस दानाबारी ५ को सोराली खोल्सीमा शनिबार बेलुका ४ः३० बजे पल्टिदा घटना स्थलमै एक जना बालिकाको मृत्यु भएको छ भने अन्य सात जना घाईते भएका छन् ।

मृत्यु हुनेमा चिसापानी‒५ की १३ बर्षिय रुस्मा मगर रहेको बताएको छ । खोल्सीको ट्रनिङमा गाडी पल्टिएको र गाडीमानै रहेकी बालिकाको चेपिएर घटना स्थलमै मृत्यु भएको स्थानीय दानाबारी प्रहरी चौकीका इन्चार्ज प्रसाद कार्कीले बताए ।

घटनामा घाईते हुनेहरुमा झापा गोल्धाप निवासी बर्ष ३५ का गाडी चालक रमेश राई, गाडी मालिक चिसापानी ३ निवासी रमेश गुरुङ्ग, दानाबारी ३ शुक्रबारेकी बर्ष ५१ की गंगा लिम्बु, चिसापानी ९ की ३४ बर्षिय रेखा लिम्बु, चिसापानी ९ कै १५ बर्षिय विमला लावती, दानाबारी ७ की ६० बर्षिय सिता बराईली र विर्तामोड ५ की २२ बर्षिय सरिता गुरुङ्ग रहेको प्रहरीले जनाएको छ ।

सबै घाईतेहरुलाई उपचारका लागि झापाको विर्तामोड तर्फ लगिएको बताईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार