हातीको आक्रमणबाट लिम्बूको ज्यान गयो

नयाँ बुलन्द

साकफारा : इलामको पश्चिमी गाउँ विकास समिति साकफारामा जंगली हातीको आक्रमणबाट एक वृद्धको ज्यान गएको  छ । हात्तीको आक्रमणबाट साकफारा-२ का ८४ वर्षीय जयबहादुर लिम्बूको ज्यान गएको इलाका प्रहरी कार्यालय मधुमल्लाका प्रहरी नायव निरीक्षक गणेश बान्तवाले जानकारी दिए ।

लिम्बुलाई शुक्रबार आफनै घर अगाडि बाटोमा हिँडदै गर्दा जंगली हातीले आक्रमण गरेको थियो ।  आक्रमणबाट गम्भीर घाइते भएका लिम्बूको उर्लावारीस्थित अरनिको अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि विराटनगर स्थित नोबल मेडिकल अस्पताल लैजाने क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।

इलामका पश्चिमी गाविस साकफारा भौगोलिक रुपमा विकट भएकाले यस क्षेत्रका बासिन्दा उपचारको अभावमा ज्यान गुमाउने गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार