सार्वजनिक सेवा प्रदायक संस्था नागरिकप्रति जवाफदेही हुनुपर्छ

याम माबोहाङ लिम्बू

इलामः सार्वजनिक सेवा प्रदायक संस्था नागरिक प्रति जवाफदेही हुनूपर्ने इलाममा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । आइतबार स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन जिल्ला स्तरीय मानव अधिकार निगरानी समूह गठन कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।

मानव अधिकार मञ्च नेपाल इलामको स्थानीय संयोजनमा अनौपचारिक सेवा केन्द्र इन्सेकको आयोजनामा भएको कार्यक्रममा सार्वजनिक सेवा प्रदायक निकाय अझैपनि नागरिकको सुरक्षा प्रति गम्भिर नभएको गुनासो गरे ।

उनीहरुले सुरक्षाको सवालमा नागरिकले प्रभावकारीमा सेवा लिन नसकेको बताउँदै, नागरिकको सुरक्षा संवेदनशिलतालाई बुझेर यस्ता निकायले स्तस्फूर्त रुपमा सेवा दिनु पर्ने बताए ।

कार्यक्रममा आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा मानव अधिकार रक्षा हुन नसकेकोले यस प्रति राज्य गम्भिर भएर लाग्न सुझाब समेत दिए ।

उनिहरुले स्थानीय स्तरमा महिला, बालबालिका, दलित र अन्य जोखिममा परेका, अल्प संख्यक, पछाडि पारिएका समुदायले सरकारी सेवामा पहुँच बृद्धि गर्न नागरिक आफैले अधिकारको सवालमा सचेत हुनु आग्रह गरे ।

कार्यक्रमका जिल्ला सामाजिक सहजकर्ता सुरेश पोर्तेलले जानकारी गराएका कार्यक्रममा, मानव अधिकार मञ्च नेपाल इलामका कार्यकारी निर्देशक, देबेन्द्र विश्वकर्मा, सञ्चारकर्मी सटेन्द्र जबेगु, भीम चापागाई, बार एशोसिएन इलामका तारानाथ बराल, अधिवक्ता टिका भारद्धव, शिखरनाथ सापकोटा, दिपा आचार्य, विध्या सापकोटा, कोकिला ढकाल लगायले बोलेका थिए ।

जिल्ला स्तरीय मानव अधिकार निगरानी समूह गठन कार्यक्रममा मानव अधिकार मञ्च नेपाल इलामका उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा १३ सदस्यीय जिल्ला स्तरीय मानव अधिकार निगरानी समूह गठन भएको छ । समूहको सदस्यमा नेपाल बार एशोसिएन इलामका अध्यक्ष तारानाथ पराजुली, शोभा पराजुली, चन्द्रमणी गौतम, मिलन राई, मनकुमार बराइली, कोकिला ढकाल, गोपाल दाहाल, सुजता सुनूवार, दिपा आर्चाय, कौशिला राई लगायत रहेका छन् ।

समूह इन्सेकको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने परियोजना अन्तगर्त गठन गरिएको जिल्ला सामाजिक सहजकर्ता सुरेश पोर्तेलले जनाकारी गराए ।

समूहले नागरिकको शिक्षा स्वाथ्य र खाद्य अधिकारको पक्षमा वकालत गर्ने छ । परियोजना इलमको गोदक र सूर्योदय नगरपालिकाको वडा नं १ देखि ५ वडा साविकको पञ्चकन्यामा सञ्चालन भईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार