सेल्फी खिंच्दै गर्दा बसको ठक्करबाट घटनास्थलमा नै मृत्यु

सुरुङ्गा (झापा) : मेची राजमार्गअन्तर्गत कोल्बुङ–२ मा सेल्फी खिंच्दै गरेका फिदिम नगरपालिका–१ का विशाल सम्वाहाम्फेको शुत्र्ःबार साँझ बसको ठक्करबाट घटनास्थलमा नै मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक याम खड्काका अनुसार फिक्कलबाट बिर्तामोडतर्फ आउँदै गरेको को १ ख ३५६१ नंको बसले कोल्बुङ, सानो पाथीभरा नजिकै सेल्फी खिंच्दै गरेका पाँचथरका सम्बाहाम्फेलाई ठक्कर दिँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सोही घटनामा २५ वर्षीय रोशन कन्दङ्वालाई गम्भीर घाइते भई उपचारका लागि झापातर्फ ल्याइँदै गरेको बताइएको छ । झापाबाट पाँचथरतर्फ मे ६ प २४१ नंको मोटरसाइकलमा जाँदै गरेका उनीहरुलाई सडक पेटीमा मोटरसाइकल रोकेर कोल्वुङमा सेल्फी खिंच्दाखिंच्दै बसले ठक्कर दिएको थियो ।

पूर्वेली न्यजबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार