चुम्लुङले छात्रवृति वितरण गर्‍यो

yam-limbu
रेजिनाका बाबु बाजहाङ योङ्हाङलाई नगद १० हजार रुपैयाँ सहित प्रसशांपत्र प्रदान गर्दै किरात याक्थुङ चुम्लुङका केन्द्रिय सदस्य यामप्रसाद लिम्बू ।

जीवन लिम्बू

इलाम : लिम्बू समुदायको साझा संस्था किरात याक्थुङ चुम्लुङ्ग इलामले वार्षिक रुपमा प्रदान गर्दै आएको छात्रा तर्फको १० हजार र आठ हजार राशीको छात्रवृति यस वर्ष इलाम गजुरमुखी ४ की रेजिना योङहाङ र सोयाक ६ की वेविसा लिम्बूलाई प्रदान गरेको छ ।

किरात याक्थुङ चुम्लुङ्ग जापानको सहbebishaयोगमा वार्षिक रुपमा प्रदान गरिने १० हजार राशीको छात्रवृति देश भरीका लिम्बू समूदायको विद्यार्थीमध्ये छात्रातर्फ गत वर्ष प्रवेशिका परिक्षामा महेन्द्रोदय उच्च माध्यमिक विद्यालय गजुरमुखीबाट ३ दशमलव १५ जिपीए अंक प्राप्त गरेकी रेजिनालाई प्रदान गरिएको हो । रेजिनालाई यसअघि पनि किरात याक्थुङ चुम्लुङ केन्द्रिय कार्यालयले १० हजार छात्रवृति प्रदान गरिसकेको छ ।

चुम्लुङ इलामले एक औपचारिक कार्यक्रम गरी रेजिना र वेविसालाई प्रशंसापत्र सहित नगद हस्तान्तरण गरेको हो । जिल्ला अध्यक्ष चक्र एक्तेन (अभिषेक) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि चुम्लुङका केन्द्रिय सदस्य यामप्रसाद योङहाङले उक्त छात्रवृति प्रदान गरेका थिए ।

त्यसैगरी किरात याक्थुङ चुम्लुङ इजराइलको सहयोगमा वार्षिक रुपमा प्रदान गरिने आठ हजार राशीको गरीब तथा जेहेन्दार छात्रवृति सिद्धेश्वरी प्रावि सोयाकमा अध्ययनरत वेविसा लिम्बूलाई प्रदान गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार