स्थानीय निकाय पुनर्संरचना आयोगमा विवाद, सिंहले असहमति पत्र दर्ता गरे

काठमाडौं : स्थानीय निकाय पुनर्संरचनाका लागि गठित आयोगमा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रलाई लिएर विवाद देखिएको छ । यसलाई लिएर आयोगका सदस्य सुनिल रञ्जन सिंहले बुधबार असहमति पत्र दर्ता गरेका छन् ।
Sunil_Ranjan_Sing_Final
अहिले जिल्लास्थित प्राविधिक समितिले स्थानीय तहको संख्या र सीमा निर्धारण गरेर केन्द्रमा पठाइरहेका छन् ।

तर, विशेष, संरक्षित वा स्वायत्त क्षेत्रलाई प्राथमिकता नदिइएको सदस्य सिंहको आरोप छ । ‘आयोगको काम गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या र सीमाना निर्धारण गर्नु हो । तर, प्राविधिक समितिको कार्यशर्त र कार्यविधि तयार पर्दा स्वेच्छामा रहेको जस्तो बुझाइ छ,’ उनले भनेका छन् ।

अहिले जिल्ला-जिल्लाबाट आएको प्रतिवेदनहरुमा पनि विशेष, संरक्षित वा स्वायत्त क्षेत्रलाई प्राथमिकता नदिइएको भन्दै उनले यसलाई सच्याउन आयोगमा माग गरेका छन् ।

यद्यपि विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या र सीमाना निर्धारणको काम दोस्रो चरणमा गर्न सकिने भन्दै उनले यसका लागि विज्ञहरु नियुक्ति गर्न माग समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार